सिडिएससीमा शेयर डिम्याट सम्झौता गर्ने कम्पनीको संख्या १ सय ३९ पुग्यो

Jan 06, 2016 Mero Lagani



माघ १ गतेदेखि अनिवार्य डिम्याट भएका कम्पनीको मात्र शेयर कारोबार गर्ने व्यवस्थाका बिच सिडिएस एण्ड क्लियरिंग लमिटेडमा थप ४ कम्पनीले शेयर डिम्याटका लागि सम्झौता गरेका छन् । पुस २५ गते भित्रमा अनिवार्य रुपमा सम्झौता गरिसक्न सिडिएससीले ताकेता गरे पछि यस अघि नै सम्झौता गर्ने बताइसकेका ३४ कम्पनी मध्येका ४ कम्पनीले मंगलबार सम्झौत पत्रमा हस्ताक्षर गरेका हुन् ।

सिडिएससीका अनुसार मंगलबार धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्न आवेदन दिएको कम्पनी गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड (GMFIL) सँग २५ लाख ५३ हजार ९ सय ९३ कित्ता साधारण शेयर अभौतिकीकरणका लागि दर्ता सम्झौता भएको हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनी गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यसै गरी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) सँग १ करोड ३८ लाख ५१ हजार ८ सय ६२ कित्ता साधारण शेयर डिम्याट गर्ने सम्बन्धमा सम्झौता भएको हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडबाट प्रबन्ध संचालक प्रकाश रजौरले सम्झौता गरेका हुन् ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BHCL) संग पनि २४ लाख ३० हजार कित्ता साधारण शेयर डिम्याट गराउने सम्बन्धमा सम्झौता भएको सिडिएससीले जनाएको छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनी बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट व्यवस्थापक मनोज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) संग ७७ लाख ५ हजार ८ सय ४० कित्ता धितोपत्र अभौतिकीकरणका लागि दर्ता सम्झौता भएको सिडिएससीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनी भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी निर्देशक रमेश प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
‘गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड र भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसंग सम्झौता गरेपश्चात् सिडिएससीमा धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनीको संख्या १३९ (एक सय उनन्चालीस) पुगेको छ ।’ सिडिएससीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शेयर डिम्याट गराउनै नचाहने २६ कम्पनी चिन्नुहोस्

होसियार । माघ १ यता डिम्याट नभएको शेयर किनेर डुब्नुहोला

 

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।