मुक्तिनाथले पचास प्रतिशत हकप्रद दिने, पूँजी बढाउन मर्जरको विकल्प समेत खुला

Jan 13, 2016 Mero Lagani



मुक्तिनाथ विकास बैंक (MNBBL)ले पचास प्रतिशत अर्थात २स्१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । पोखारमा सम्पन्न बैंकको नवौ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साथै बैंकmले गतबर्षमो मुनाफाबाट ३१ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांस वितरण गर्न राखेको प्रस्ताव समेत पारित गरेको छ ।


साथै साधारणसभाले बैंकको अधिकृत पूँजी रु. २ अर्ब ५० करोड पुर्याउने र अन्य उपयुक्त वित्तीय संस्थासंग प्राप्ती गाभ्ने प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यसै सभाले नयाँ सञ्चालक समितिका सदस्यहरुको आगामी चार वर्षको लागि सर्वसम्मतीमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट मीन प्रसाद गुरुङ्ग, प्रकाश प्रसाद श्रेष्ठ, खिम प्रकाश मल्ल र नारायण कुमार श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट नारायण प्रसाद पौडेल, चुडामणि कडेल र गजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिको सोही दिन बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः मिन प्रसाद गुरुङ्गलाई चयन गरेको छ ।

सोही सभामा बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित सर्वोत्कृष्ट १० वटा केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।