२०५० सालबाट संस्थागत रुपमाधितोपत्रको कारोवार शुरु भएपश्चात नेपाल स्टक एक्सचेञ्जले दोस्रो वजार कारोवारको राफसाफ तथा फछ्यौटको का मगर्दै आएको थियो । यस क्रममा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको स्थापना पश्चात राफसाफ तथा फछ्यौट कार्य सिडिएसबाट सुरु गरे पनि बजारको आकार बढेकाले उसले मात्र सबै का मगर्न नसक्ने निष्कार्ष धितोप बोर्डले निकालेको हो ।

केही समय अघि सम्म औसतमा नेप्सेमा १ करोड रुपैंयाको शेयर कारोबार भैरहेकोमा पछिल्ला दिनमा औसत कारोबार ५० करोड रुपैंयाको कारोबार भैरहेको बोर्डको भनाई छ । माघ ३ गतेदेखि अनिवार्य डिम्याट कारोबार लागू भए पश्चात शेयर कारोबार सहज भएकाले कारोबार बढेका कारण क्लियरिंग बैंकको संख्या थप गर्न निर्देशन दिनु परेको धितो पत्र बोर्डका प्रवक्त निरज गिरीले बताए ।
मेरोलगानीसंग कुरा गर्दै प्रवक्ता गिरीले भने ‘डिम्याट तथा ब्रोकरहरुले कार्य क्षेत्रमा गरेको बिस्तार लगायतका कारण बजार अब बढेर जाने भएकाले बजारको आकारसंगै क्लियरिंग बैंकको संख्या थप गर्न निर्देशन दिएका हौं ।’
बोर्डले यस सम्बन्धमा शेयर बजारका सरोकारवालाहरुसंग चरणबद्ध रुपमा छलफल तथा अन्तरकृया चलाएको थियो । क्लियरिङ्ग बैंकको संख्या वृद्धि भए पश्चात लगानीकर्ताहरुले प्रतिस्पर्धी एवं गुणस्तीय सेवा प्राप्त गर्ने र वजार विस्तारलाई थप सहयोग गर्दै ैअनलाईन कारोबार शुरुवातका लागि आधार स्तम्भको काम गर्ने बोर्डको अपेक्षो छ ।
यसै गरि बोर्डले नेप्सेले तयारी गरिरहेको सुचना प्रकाशन सम्बन्धि व्यवस्था लागू गर्दा एकरुपता ल्याउन निर्देशन दिएको छ । नेप्सेले सबै सुचिकृत कम्पनीले गर्ने निर्णयलाई तत्काल नेप्सेको वेबसाइटमा अपडेट गराउन कम्पनीहरुलाई फरक फरक पासवर्ड दिने तयारी गरेको थियो । बोर्डले यस क्रममा सबै कम्पनीको सुचना प्रमाण्किरण गर्न नेप्सेलाई निर्देशन दिंदै एउटै स्टाण्डर्डमा सबैले सुचना प्रकाशित गर्ने व्यवस्था मिलाउन नेप्सेलाई बोर्डले निर्देशन दिएको हो ।
बोर्डले साधारण शेयर निष्काशनका क्रममा लगानीकर्तालाई असहज भैरहेको भन्दै अनलाईन प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्थाका सम्बन्धमा पनि आवश्यक छलफल तथा परामर्श गरिहरहेको जनाएको छ । यसमा लगानीकर्ताको तथ्यांक कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा बोर्डले सबै पक्षसंग सल्लाह सुझाव माग गदैृ छलफल तथा अन्तरकृयालाई तिब्रता दिएको बोर्डले जनाएको छ ।
....................................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।