सेञ्चुरीको नौ प्रतिशत बोनश पारित, ३० प्रतिशत हकप्रद दिने

Feb 07, 2016 Mero Lagani



सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को पाचौं वार्षिक साधारण सभाले गतआर्थिक बर्षको मुनाफाबाट ९ प्रतिशत वोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । साथै बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

साथै साधारणसभाबाट बैंकको सञ्चालक समितिमा संस्थापकका तर्फबाट लक्ष्मणकुमार श्रेष्ठ, उमाकुमारी श्रेष्ठ, राजेशराज दली र महेशकुमार अग्रवाल निर्वा्चित भएका छन् । बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ९ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

सेञ्चुरी कमर्शियल बैंकले गत वर्षको हकप्रद र बोनस पछि फेरी दिने भयो ३० प्रतिशत हकप्रद

..............................................................................................................................................................मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।