अपि पावरको यस्तो छ कमाल लगानीकर्ताले पाउँलान त प्रतिफल ?

Feb 19, 2016 Mero Lagani



गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ लाख रुपैयाँ खुद नोक्सानमा रहेको अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । विद्युतबिक्रीबाट उच्च आम्दानी भएपछि कम्पनी नाफामा गएको हो । साथै कम्पनीले झण्डै एक अर्ब ऋणात्मक रहेको आफ्नो जगेडाकोषलाई ५२ लाखमा झारेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी समेत बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले विधुत बिक्री तथा अन्य स्रोतहरुबाट कुल आम्दानी ५ करोड ९९ लाख रुपैया गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी १८ लाखमात्र रहेको थियो । यसबर्ष कम्पनीले विद्युत बिक्रीबाट मात्रै ५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ताँ पुँजी १ अर्व रहेको कम्पनीको जगेडाकोष ५२ लाख रुपैयाँले नकारात्मक छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको चुक्ताँ पूजी ६० करोड र जगेडाकोष ९७ लाख रुपैयाँले नकारात्मक थियो । गत आर्थिक वर्षको अन्त्यमा कम्पनीले ३० लाख कित्ता साधारण शेयर निष्काशन गरी शेयर पूजी वद्धि गरेको थियो ।

कम्पनीको साधारण शेयर निष्काशन हुनु पहिले गत पुष मसान्तमा प्रतिशेयर आम्दानी ४६ पैसा नकारात्मक रहेकोमा यसपटक सामान्य सुधार भइ ८४ पैसामा पुगेको छ । प्रतिशेयर मुल्य ४ सय ८० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ४८ पैसा रहेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।