सांग्रिला डेभलपमेन्ट बैंकको २५ प्रतिशत हकप्रद निष्काशन, चुत्तापूँजी ९२ करोड पुग्ने

Feb 21, 2016 Mero Lagani



सांग्रिला डेभलपमेन्ट बैंक ( SADBL) ) ले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीबाट ४ : १ ( चार शेयर बराबर एक शेयर) अनुपातमा प्रति सेयर एकसय रुपैयाँ अंकित १८ लाख ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा आगामी चैत्र १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

माघ २१ गतेसम्म बैंकको शेयर खरिद गरी नामसारी भएका शेयरधनीले आवेदन दिन पाउने बैंकले जनाएको छ । हकप्रद प्रयोजनका लागि गत माघ २१ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द भएको थियो ।

बैंकले पुँजी वृद्धि योजना अनुसार नै हकप्रद सेयर निष्काशन गरेको जनाएको छ । हाल बैंकको ७३ करोड ६० लाख रुपैयाँ चुत्तापूँजी रहेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको चुत्तापूँजी ९२ करोड रुपैयाँ पुग्नेछ । हकप्रद निष्कान गरेर बाँडफाँड गरे पश्चात संस्थापकको ७० प्रतिशत तथा साधारण लगानीकर्ताको ३० प्रतिशत पूँजी कायम हुनेछ । संस्थापक र साधारण शेयरको अनुपात ५१ : ४९ प्रतिशत  बनाउन बैंकले १९ प्रतिशत संस्थापक शेयरलाई साधारणमा परिर्वतन गर्ने जनाएको छ ।

बैकले गत आर्थिक बर्षको मुनाफबाट २०.८५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षमा १९ करोड सात लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ९ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत विहिबार शेयरबजारमा बैकको प्रतिकित्ता शेयर प्रतिकित्ता ३५१ रुपैयाँमा कारोबार भएको थियो ।

 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।