तिनाउ विकास बैंकको २५ प्रतिशत हकप्रद फागुन २८ गतेबाट

Feb 21, 2016 Mero Lagani



तिनाउ विकास बैंक (TNBL) ले फागुन २८ गतेबाट २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका पाँच लाख ४६ हजार १ सय ९२ कित्ता सेयर जारी गर्न लागेको हो । बैंकल यहि फागुन १६ गते शेयरधनी दर्ता पुस्तीका बन्द हुने जनाएको छ । हकप्रद शेयरका लागि फागुन १६ सम्म कायम शेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।

बैंकले हाल कायम चुक्तापुँजीबाट ४ : १ ( चार शेयर बराबर एक शेयर) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको २१ करोड ८४ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद निस्कासन पश्चात बैंकको चुक्ता पूँजी २७ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १८ प्रतिशत बोनश वितरणको गरेको थियो । बैंकले पुस मसान्तसम्ममा २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।

हकप्रद निष्काशन बन्द आगामी चैत्र २ गते हुने बैंकले जनाएको छ । 

 

तिनाउ विकास बैंकले नाफा ३३ प्रतिशतले बढायो

तिनाउ विकास बैंकको १८ प्रतिशत बोनस सेयर पारित, सिटी डिभलपमेन्टले २० प्रतिशत दिने (पूजी योजना सहित)

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।