तिनाउ विकास बैंकको २५ प्रतिशत हकप्रद फागुन २८ गतेबाट

Feb 21, 2016 Mero Lagani



तिनाउ विकास बैंक (TNBL) ले फागुन २८ गतेबाट २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका पाँच लाख ४६ हजार १ सय ९२ कित्ता सेयर जारी गर्न लागेको हो । बैंकल यहि फागुन १६ गते शेयरधनी दर्ता पुस्तीका बन्द हुने जनाएको छ । हकप्रद शेयरका लागि फागुन १६ सम्म कायम शेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।

बैंकले हाल कायम चुक्तापुँजीबाट ४ : १ ( चार शेयर बराबर एक शेयर) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको २१ करोड ८४ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद निस्कासन पश्चात बैंकको चुक्ता पूँजी २७ करोड ३० लाख ९६ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १८ प्रतिशत बोनश वितरणको गरेको थियो । बैंकले पुस मसान्तसम्ममा २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।

हकप्रद निष्काशन बन्द आगामी चैत्र २ गते हुने बैंकले जनाएको छ । 

 

तिनाउ विकास बैंकले नाफा ३३ प्रतिशतले बढायो

तिनाउ विकास बैंकको १८ प्रतिशत बोनस सेयर पारित, सिटी डिभलपमेन्टले २० प्रतिशत दिने (पूजी योजना सहित)

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।