किन सर्यो मेरो माइक्रोफाइनान्सको आइपिओ ?

Feb 29, 2016 Mero Lagani



मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (MMBSL) ले फागुन २० गतेदेखि निष्काशन गर्न लागेको साधारण शेयरको समयअवधि सरेको छ । फागुन २० गतेदेखि ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको माइक्रोफाइनान्सको साधारण शेयर फागुन २७ गतेदेखि मात्र निष्काशन हुने भएको छ ।

फाइनान्सले तेस्रो वार्षिक साधारण सभाले पारित गरे बमोजिम ६ करोड १२ लाख रुपैयाँ बराबरको ६ लाख  १२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ३० हजार ६ सय कित्ता सामुहिक लगानीकोषका लागि २४ हजार ४ सय ८० कित्ता कर्मचारीहरुका लागि छुट्याएको छ ।

फागुन २० गतेदेखि २७ गतेको बिचमा ४ दिन २२ गते शनिबार, २४ गते शिवरात्री, २५ गते नारीदिवस, २६ ल्होसारको सार्वजनिक विदा परेकाले धितोपत्र बेर्डको निदेर्शन बमोजिम आइपिओ निष्काशनको मिति सारिएको मेरोमाइक्रो फाइनान्सका प्रमुख कार्यकारि अधिकृत रामहरि दाहालले मेरो लगानीलाई जानकारी दिए ।

धितोपत्रबोर्डका प्रवत्ता निरज गिरीले दिएको जानकारी अनुसार ‘सार्वजनिक विदाका कारण नै मेरोमाइक्रोको आइपिओ निष्काशनको मिति सारिएको हो । यसमा अरु कुनै कारण छैन,’ उनले भने ।

इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता शेयर तथा अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमइ क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रवद्र्धक रहेको छ ।

आइपिओ निष्काशन पश्चाता १३ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको चुक्ता पूँजी २० करोड रुपैयाँ पुग्नेछ ।

संस्थाले चालु आ.व.को अन्त्यसम्ममा थप १३ जिल्लामा १५ बढी शाखाहरु थप गरि ४५ शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरु ५२,३४२ पु¥याउने र ३८,६९८ ऋणीहरुलाई झण्डै दुई अर्ब लगानी गर्ने योजनामा रेहको छ ।

 लौ आयो अर्को आइपिओ, ६ लाख १२ हजार कित्ता शेयर फागुन २० देखि

.................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................................................ 

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




२२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेपछि सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

Jul 21, 2025 02:08 PM

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीलाई फोन गरेपछि उनलाई पक्राउ गरिएकाे हाे ।