अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजनाको विद्युत सर्वेक्षण गर्ने

Mar 03, 2016 Mero Lagani

अपि पावर कम्पनी लिमिटेड (API) ले नेपाल सरकार उर्जा मन्त्रालयबाट ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजनाको विद्युत सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले हालै नौगड गाढ नदिबाट ८.५ मे.वा क्षमताको विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरिसकेको छ । कम्पनीले सोहि नौगड गाढ नदिबाट ८ मे.वा क्षमताको अपर नौगड गाढ को विद्युत खरिद बिक्री सम्झौता यहि बर्ष भित्र सम्पन्न गरि निर्माणमा जान लागेको बताएको छ ।

कम्पनीले निर्माण गर्ने दुवै आयोजनाहरु दार्चुला जिल्लामानै हुनाले निर्माण कार्य अझ छिटो सकिने बताइएको छ ।

कम्पनीले निर्माण कार्य शुरु गर्न लागेका यि दुवै आयोजनामा कम्पनीको सत प्रतिशत लगानी हुनेछ भने यि आयोजनाहरुबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिरकणको बलाँच स्थित सवस्टेशनमा जडान गरिनेछ ।

कम्पनीले निर्माण सम्पन्न ८.५ मे.वा को आयोजनाले सुदूर पश्चिमका पहाडि जिल्लाहरुमा लोडसेडिंग न्यून भएको छ ।
कम्पनीको हालको चुक्ता पूँजि रु १०० करोड रहेको छ र यि दुवै आयोजनाहरु समापन गर्न करिव रु ८०० करोड लाग्ने छ ।

आयोजनाको लागि वित्त व्यवस्थापन गर्न ७० प्रतिशत अर्थात ५६० करोड बैंक ऋण र ३० प्रतिशत अर्थात २४० करोड थप शेयरधनीहरुबाट माग गर्नुपर्ने हुन्छ । दुबै आयोजनाहरु कम्पनीले यसै बर्षबाट एकै साथ निर्माण कार्य शुरु गर्ने समेत बताएको छ ।

 

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................................................ 

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।