मेरो माईक्रोफाईनान्सको साधारण शेयरमा आजदेखि आबेदन खुला

Mar 10, 2016 Merolagani



ग्लोबल आईएमईसहित १० बैंकहरुको लगानी रहेको मेरो माईक्रोफाईनान्सको ६ लाख १२ हजार कित्ताको बिहीबारदेखि बिक्री खुला भएको छ । मागे भन्दाबदी आबेदन परेमा चैत्र १ गते नै ओबदन लिन बन्द हुने जनाईएको छ ।

इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता शेयर तथा अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमइ क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रवद्र्धक रहेको छ ।

जमलस्थित नाचघरमा रहेको ग्लोब आइएमई क्यापिटलको कार्यालयबाट एकाउण्टपेयी चेकबाट मात्रा आवेदन दिन सकिने छ भने कान्तिपथस्थित ग्लोबल आइएमई बैंकबाट नगद तथा चेकबाट आवेदन दिन सकिने छ । जनकपुरमा रहेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयबाट पनि शेयरका लागि आवेदन दिन सकिने छ ।

यस बाहेक राजधानीमा सिटिजन्स बैंक इन्टरनेशनलका शाखा कार्यालयहरु कलंकी नारायण गोपाल चोक, नयाँ बानेश्वर, कुमारीपाटी ललितपुर र ठिमी भक्तपुरबाट आवेदन दिन सकिनेछ ।


राजधानीमा रहेको सोसाइटी डेभलपमेण्ट बैंकको शाखा कार्यालय गोंगबु तथा सगरमाथा मर्चेण्ट बैंकिंग फाइनान्स मानभवन ललितपुरबाट पनि आवेदन दिन सकिनेछ ।


राजधानी बाहिरको हकमा सिटिजन्स बैंकका शाखा कार्यलयहरु इटहरी, बिराटनगर, बिर्तामोड, बीरगञ्ज, बुटबल, धनगढी, महेन्द्रनगर, नारायणघाट, पोखरा, सिद्धार्थनगर, बनेपा र सुर्खेतबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
प्राइम कमर्शियल बैंकका शाखा कार्यालयहरु बट्टार र नेपालगञ्जबाट पनि आवेदन दिन सकिने छ ।
१३ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आइपिओ निष्काशन पश्चात चुक्ता पूँजी २० करोड रुपैयाँ पुग्नेछ ।
संस्थाले चालु आ।व।को अन्त्यसम्ममा थप १३ जिल्लामा १५ बढी शाखाहरु थप गरि ४५ शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरु ५२,३४२ पुर्याउने र ३८,६९८ ऋणीहरुलाई झण्डै दुई अर्ब लगानी गर्ने योजनामा रेहको छ ।
मेरो माइक्रो फाइनान्सको पहिलो र दोस्रो त्रैमासको विवरण हेर्ने हो भने फाइनान्सको प्रगति उल्लेख्य नै रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको माइक्रोफाइनान्सले सोही अवधिसम्ममा १३ करोड ६२ लाख रुपैया निक्षेप संकलन गरी १ अर्व २६ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बिक्रीमा राखिएको शेयर कित्ता थोरै र आबेकदकको संख्या धेरै हुनाले साना ठूला लगानीकर्ताले पनि गोला प्रथाबाट मात्र शेयर पाउनसक्ने संभावना छ । त्यसैले यस शेयरमा ठूलो रकम फसाएर लगानी गर्नु बेकार हुने देखिन्छ । किनभने यसभन्दा अगाडि यस्ता मायृक्रोफाइृनान्समा आबेदन गर्नेले पनि निकै थोरै शेयर पाएका छन् भने कतिपयले रित्तै हात फर्किनु परेको छ । अहिले यस कम्पनीको शेयरमा एक लाख आबेदक भए भने पनि प्रत्येकको भागमा ६ कित्रा शेयर पर्नसक्छ तर १० कित्ता भन्दा तल बाँडफाँड गरिदैन । त्यसमाथि साना लगानीकर्तालाई ६० प्रतिशत र ठूला लगानीकर्तालाई ६० प्रतिशत शेयर भाग लगाएर बाँडफाँड गरिदा कसले कति शेयर पाउला भन्न सकिन्न । धितोपत्र बोर्डले ५० हजार रुपैयाँ भन्दा तलको रकम बराबरको शेयर आबेदन गर्नेलाई साना र त्यसभन्दा माथिको रकम बराबरको आबेदन गर्नेलाई ठूला लगानीकर्ताको दर्जा दिने गरेको छ । त्यसभित्र पनि शेयर आबेदनको आधारमा अलग अलग बर्गीकरण गरिन्छ ।

नेपाल धितोपत्र बोर्डले बहु आबेदकको रकम एउट चेकबाट भुक्तानी गरी आबेदन गर्न रोक लगाएको नयाँ ब्यवस्था यही कम्पनीको साधारण शेयरमा लागु हुने भएको छ । यसले आबेदकको संख्यामा केही कटौती हुने संभावना रहे पनि मुख्य बाणिज्य बैंकहरुकै लगानी रहेको माईक्रो फाईनान्स भएकाले लगानी सुरक्षाको जोखिम निकै कम रहेको देखाउँछ ।

हितग्राही( डिम्याट) खाता हुनेले फारममा आफ्नो खाता नम्बर स्पष्ट रुपमा उल्लेख गर्न नछाड्नु नै बेश हुनेछ किनभने शेयर सुचीकरण भएपछि तपाईलाई कागजी प्रमाणपत्रको झण्mभट हैन सिधै तपाईको खातामा शेयर आउनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।