'सुझबुझपुर्ण तवरले मात्र शेयर बजारमा लगानी गर्नुहोस्' : नेपाल धितोपत्र बोर्ड

Mar 10, 2016 Mero Lagani



- बजार उछालिएका बेला लगानीकर्तालाई संयम हुन बोर्डको आग्रह
- कम्पनीका बारेमा पुर्ण जानकार भएर मात्र लगानी गर्न अनुरोध

धितोपत्र बोर्डले विशेष सतकर्ता अपनाउँदै लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । शेयर बजारले उच्च विन्दु कायम गर्दै झण्डै १ अर्ब रुपैंयाको शेयर किनबेच भएको दिन बोर्डले यस्तो आग्रह गरेको हो । बिहीबार नेप्सेमा २६ वटा कम्पनीको शेयरमुल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको थियो ।

बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘अर्थतन्त्र तथा अन्य आधारभुत परिसुचकहरुको अवस्था सन्तोषजनक नरहेको अवस्थामा पनि बजार सुधारको पहलले नेप्सेको वृद्धि उत्साहजन रहे पनि सर्वसाधारण लगानीकर्तालाई सजगतापुर्ण रुपमा लगानी गर्न बोर्ड आह्वान गर्दछ ।’

बिहीबारको बजारमा आएको उछालका दौरान केही कम्पनीहरुको शेयर मुल्य अस्वभाविक रुपमा बढेकोप्रति बोर्डको ध्यानाकर्षण भएको देखिन्छ ।

‘बजारमा स साना लगानीकर्ताको बाहुल्यता रहेको र संस्थागत लगानीकर्ताको उपस्थिति न्युन हुँदै गएको अवस्थामा बजारमा फैलिएका हल्ला र निराधार अनुमानहरुको पछि नलाग्न बोर्ड लगानीकर्तालाई सचेत गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले धितोपत्र खरिदबिक्री सम्बन्धि निर्णय गर्दा समग्र अर्थतन्त्र, सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको बारेमा जानकारी लिंदै बजारको अवस्था हेरेर सुझबुझपुर्ण तवरले लगानी गर्न पनि लगानीकर्तालाई सचेत गराएको छ ।

यो पनि पढ्नुहोस् ।

शेयरबजारले नयाँ रेकर्ड बनाउँदा बीमा र लघुवित्तमा किन लाग्यो आगो ?

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।