अपि पावर कम्पनीले दुईसय प्रतिशत हकप्रद शेयर जारी गर्ने

Mar 13, 2016 Merolagani



अपी पावर लिमिटेडले एक कित्ता शेयर बराबर नयाँ दुई कित्ता शेयर अर्थात दुई सय प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ ।


सो कम्पनीकाृे फागुन ३० मा बसेको संचालक समितिको बैठकले कम्पनीको हालको चुक्ता पूँजी एक अर्बको दोब्बर अर्थात दुई अर्ब बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । यसका लागि चैत्र २७ मा कम्पनीको बिशेष साधारण सभा बोलाउने निर्णय भएको कम्पनीले जनाएको छ । यस पश्चात कम्पनीको चुक्ता पूँजि तीन अर्ब पुग्ने जनाईएको छ ।

कम्पनीले श्री सिद्घकाली पावर कम्पनीले निकट भविष्यमा निर्माण गर्न लागेको ७५ मे.वा को आयोजनामा बहुमत शेयर खरिद गर्ने योजना लिएको छ भने कम्पनीको सतप्रतिशत लगानीमा ८ मे.वा को अपर नौगड गाढ आयोजना र ४० मे.वा को माथिल्लो चमेलियाको निर्माण कार्यलाई समेत अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले यस अघिनै १७ महिनाको छोटो अवधिमा ८.५ मे.वा को नौगड गाढ आयोजना समापन गरि राष्ट्रिय प्रशारण लाईनमा जोडी सकेको छ । कम्पनीले निर्माण गर्ने ८ मे.वा को अपर नौगड गाढ आयोजना र ४० मे.वा को माथिल्लो चमेलिया दार्चुला जिल्लामा नै भएकोले निर्माण कार्य अमmै छिटो सकिने जनाएको छ । कम्पनीले आफ्नो आयोजनाहरुको निर्माण कार्य २०७३ बैशाख बाट शुरु गर्ने भएको छ । कम्पनीले देशमा विद्यमान उर्जा संकट समाधान गर्न आक्रमक रुपमा प्रस्तुत हुने बताएको छ ।

 

कम्पनीले आफ्ना शेयरधनीहरुलाई बढी भन्दा बढि लाभांश उपलब्ध गराउने र कम्पनीलाई नेपालको एक ठूलो निजि क्षेत्रको जलविद्युत विकास कम्पनी बनाउने उद्येश्यका साथ मेहनतका साथ कार्य गर्ने योजना रहेको समेत बताएको छ । कम्पनीको शेयरमा लगानी गरि बढि भन्दा बढि फाइदा लिनुका साथै दिर्घकालिन रुपमा दिगो लाभांश दिने कम्पनीको रणनिति रहेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

कम्पनीको जगेडा कोष समेत घाटामा रहेको अबस्थामा लगानीकर्तालाई केही बर्षसम्म लाभांश बितरण गर्न नसक्ने भए पनि हकप्रद जारी गरेर नयाँ आयोजनाहरुको लगानी जुटाउने योजनालाई धितोपत्र बोर्ड र लगानीकर्ताहरुले कसरी लिने हुन् स्पष्ट हुन सकेको छैन । हकप्रद आउने र नयाँ आयोजनमा लगानी गर्ने हल्लाका कारण यस कम्पनीको शेयर मुल्य अस्वभाविक रुपमा केही दिनदेखि बजारमा उचालिएको छ । 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।