नेपाल ग्रामिण बिकास बैंकको शेयर उचालिएर चर्को मूल्यमा उठाउनुभयो ? पछुताउनु पर्ला

Mar 15, 2016 Merolagani



नेपालको शेयर बजार बढ्दै जाँदा जोखिमको मात्रा पनि बढ्दै गएको बेला उचालिएर चर्को मूल्यमा खराब कम्पनीका शेयरहरु उठाउने लगानीकर्ताहरु भने पछुताउनुपर्ने अबस्था आउने संकेत देखिएको छ । यस्तै कम्पनीहरु मध्येको एक नेपाल ग्रामिण बिकास बैंक(NGBBL)को शेयर उचालिएको मूल्यमा भरखरै किन्नु भएको छ भने तपाईसँग पछुताउनु बाहेक अरु केही बांकी नरहन सक्छ किनभेने मूल्य आकाशमा पुर्याउनेहरुले अब धमाधम सो कम्पनीको शेयर महंगो मूल्यमा बेच्न खोज्दा तपाईको शेयर नबिक्नसक्छ ।

कम्पनीको जगेडा कोष नै करोडौ घाटामा रहेकाले आगामी दुई बर्षसम्म कुनै लाभांश पनि पाउने अबस्था छैन ।

नेपाल ग्रामिण बिकास बैंकको शेयर मूल्य अत्यधिक उचालिएर किन्दा लगानीकर्ताको करोडौ फसेको छ । यसमा केही ब्यक्तिहरुले चलखेल गरेर जबरजस्ति शेयर मूल्य उचाल्दा सर्वसाधारण लगानीकर्ता निकै ठूलो जोखिममा फसेका पाईएको छ । सो बैंक यस बर्षको दोस्रो त्रैमाससम्म साढे दुई करोड जगेडा कोष घाटामा रहेको र निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा माथि रहेको अबस्थामा तत्काल त्यस बैंकबाट कुनै लाभांश पाउने संभावना छैन । त्यसमाथि गत असोज मसान्तसम्म २३ करोड रुपैयाँ जगेडा कोष घाटामा रहेको बैंक एकैचोटी साढे दुई करोड घाटामा कसरी झर्यो भन्ने कुरा नै रहस्यमय र अपत्यारिलो देखिएको छ ।

 यसरी उचालिएको छ नेपाल ग्रामिणको शेयर मूल्य 

 

 

 

 

 

 

 

 

 

 

त्रैमासिक प्रतिबेदन अनुसार बैंकले यस अबधिमा ११ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेर सो रकम जगेडा कोष घाटा पुर्ति गर्न उपयोग गरेको देखिएको छ तर यसो हुँदा पनि ११ करोड जगेडा कोष घाटा बाँकी रहनुपर्ने हो तर कसरी दुई करोड ५० लाख मात्र घाटा बांकी रह्यो भन्ने कुरा बैंकका अधिकारीहरुले बताउन सकेका छैनन् । सरकारले घाटा पुर्तिका लागि उपलब्ध गराएको १० करोड रुपैयाँको गणना गरिएको हो वा हैन भन्ने बारेमा पनि मेरोलगानी डटकमलाई बैंकका अधिकारीहरुले बताउँन सकेनन् ।

 

५५ करोड चुक्ता पूँजी भएको कम्पनीको सर्बसाधारणमा १८ प्रतिशत मात्र शेयर रहेको छ । ९ लाख ९० हजार कित्ता मात्र शेयर सर्बसाधारणमा रहेको अबस्थामा त्यही शेयरलाई आफ्नो कब्जामा पारेर मनलाग्दी मूल्य बढाउँन केही ब्यक्तिहरु लागि परेका मेरोलगानी डटकमले पत्ता लगाएको छ । यसरी चलखेल गर्नेहरुले अधिकांश शेयर आफ्नो कब्जामा पारिसकेका छन् भने महंगो मूल्यमा सर्वसाधारण लगानीकर्तालाई बेचाएर दोब्बर नाफा हात पार्ने खेल भईरहेको छ किनभने शेयर बजारमा चलखेल गर्नेहरुले दुइ सय  रुपैयाँ मूल्य हुँदादेखि नै एकोहोरो रुपमा यस कम्पनीको शेयर उठाई रहेका छन् । जब उनीहरुले चलाखीपूर्ण रुपमा यस कम्पनीको शेयर बेच्नेछन् त्यसपछि मूल्य १० प्रतिशतले तल झर्ने उत्तिकै खतरा छ किनभने यसलाई थेग्ने ठोस आधार केही पनि छैन ।

 हकप्रदकै हल्लामा लाग्ने हो भने पनि अहिले नै ५५ करोड चुक्ता पूँजी भएको कम्पनीले तत्कालै पूँजी बढाउन यस्तो आब्हान गर्ला भन्न सकिन्न । पाँच वटा ग्रामिण बिकास हुँदा संस्थागत सुशासनको कमी र निस्क्रिय कर्जाले धरासायी भएका बैंकहरु एक ठाउँमा मिसिएर केही गर्न पाईला सार्दैमा लगानीकर्ताहरु बुकुर्सी मारेर उफिैएको त्यसको शेयर किन्न दौडिनुपर्ने आबश्यकता छैन । बैंकले भोलि प्रगति गर्दै गयो भने बिचार गर्ने पक्ष त छदैछ । 

हल्ला गर्नेहरुले लघुवित्त होे र नयाँ निश्काशन (एफपीओ) आउनसक्छ भन्दै भ्रम फैलाईरहेका छन् तर यसो हूँदा पनि हिजो पाँच वटा ग्रामिण बिकास बैंक मर्ज हुँदा सुन्य शेयर प्राप्त गरेका शेयरधनीले त केही पाउने अबस्था छैन भने अहिले महंगो मूल्यमा शेयर किनेर जोखिम बोक्नुको के अर्थ ? दीर्घकालीन लगानीको हिसावले सस्तोमा शेयर उठाएर बस्नेले अहिले आत्तिनु पर्ने अबस्था नभए पनि मूल्य उचालेर आकाशमा पुगेको बेला लगानी गरेकाहरु भने फुर्सदमा पछुताउनुको कुनै विकल्प छैन ।

कम्पनीको बित्तीय अबस्था, बजारमा माग र आपुर्तिको आधारमा शेयर मूल्यमा घटबढ हुनु स्वभाविक भए पनि दुई साता अघिसम्म चारसय रुपैयाँ हाराहारीमा रहेको सो कम्पनीको शेयर एकैचोटी ८ सय रुपैयाँ भन्दा माथि पुग्नुलाई बस्तुगत आधारमा औचित्य पुष्टि हुँदैन । यस्ता समस्याग्रस्त कम्पनीहरुको शेयरमा तछाड मछाड गरेर लगानी गर्नुको सट्टा राम्रा र बलिया कम्पनीका शेयरमा लगानी गर्नु सुरक्षित र फाईदाजनक हुने पक्का छ । 

चार, पाँच सय रुपैयाँ प्रति कित्तामा पाईने राम्रा कम्पनीको शेयर किन्दा यसैबर्ष लाभांश पाउनसकिने संभावना हुँदाहुँदै नआबश्यक जोखिम किन उठाउने ? 

 

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।