धितोपत्र बोर्डले नेप्सेलाई किन दिनुपर्यो यति कडा निर्देशन ?

Mar 16, 2016 Merolagani



नेपाल धितोपत्र बोर्डले मंगलबार नेपाल स्टक एक्सचेन्जलाई कडा निर्देशन दिदै धितोपत्र बजारलाई अन्र्तरािष्ट्रय कारोबार प्रणलीसँग जोड्न तत्काल अन्र्तराष्ट्रिय मान्यताप्राप्त प्रबिधि भित्र्याउन निर्देशन दिएको छ ।धितोपत्र बोर्डले नेप्सेलाई दिएको निर्देशनमा २०६४ सालमा एशियाली बिकास बैंकको सहयोगमा तीन बर्षका लागि तीन करोड रुपैयाँमा स्थापित प्रणाली बिस्थापन गर्नुपर्ने आबश्यकता भईसकेकोमा जोड दिईएको छ ।

 

बोर्डले सिमापारबाट पनि शेयर किनबेच गर्नमिल्ने, लिष्टिड. गर्ने र गैरआबासीय नेपाली र बिदेशी लगानीकर्ताहरुलाई नेपालको धितोपत्र बजारमा प्रबेश गराउन उनीहरुलाई पनि विस्वसनीय लाग्ने, अन्र्तराष्ट्रिय प्रणालीसँग सामन्जस्य हुने परीक्षण गरिएको प्रणाली खरिदको पहल गर्न भनेको छ ।

धितोपत्र बोर्डले नयाँ प्रबिधि भित्र्याएपछि बजारको कारोबार प्रणालीमा समय सापेक्ष सुधार भई भरपर्दो तथा बिस्वसनीय हुने, बजार बिस्तारमा सहयोग पुग्ने, लगानीकर्ताले गुणस्तीय सेवा पाउने र अनलाईन कारोबार सुरु गर्नसमेत टेवा पुग्ने बिस्वास लिएको छ ।

नेप्सेले हालको शेयर कारोबार प्रणाली बिस्थापन गरी अत्याधुनिक प्रणाली जडान गर्ने तर्फ आलटाल गरेपछि धितोपत्र बोर्डले कडा निर्देशन दिनुपरेको बताईन्छ । नेप्सेले अत्याधुनिक कारोबार प्रणाली भित्र्याउन पटक पटक टेण्डर प्रक्रिया अगाडि बढाईएको दावी गरे पनि अहिलेसम्म त्यसको ठोस परिणाम देखिन सकेको छैन । पछिल्ला दिनहरुका नेप्सेका महाप्बन्धक सिताराम थपलिया र धितोपत्र बोर्डवीचको द्धन्द चर्किएपछि बोर्ड आक्रामक बनेको हो । नेप्सेले धितोपत्र बोर्डबाट अनुमति नलिई शेयर दलालको कार्य क्षेत्र देशभर फैलाउने एकलौटी निर्णय गरेपछि बोर्डले त्यसलाई नियमसंगत र ब्यवस्थित पार्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि त्यो काम बीचैमा रोकिएको बताईन्छ ।

त्यसैगरी लगानीकर्तालाई राहत दिन शेयर किनबेच गर्दा शेयर दलाल र नेप्सेलाई बुझाउनुपर्ने कमिशन घटाउने बारेमा बोर्डले कडा नीति लिएपछि नेप्से बोर्डसँग रुष्ट बनेको बताईन्छ । धितोपत्र बोर्डको यो नयाँ निर्देशनलाई नेप्सेले कसरी कार्यान्वयन गर्छ त्यो निकै चासोको बिषय बनेको छ किनभने बोर्ड नेप्से भन्दा शक्तिशाली, सबै सूचिकृत कम्पनी र नियमनकारी निकायहरुको नेतृत्वदायी संस्था हो ।

नेपालको शेयर बजारलाइृ आधुनिकीकरण गर्न आक्रामक रुपमा अगाडि बढेको धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि हितग्राही खाता अनिबार्य गर्ने, लगानीकर्ता पहिचान कार्ड जारी गर्ने, शेयर आबेदन रकम बैंक खाताबाट सिधै काटिने ब्यवस्था गर्ने र साधारण शेयर आबेदन गर्न पनि हितग्राही खाता चाहिने ब्यवस्था गर्न लागेको छ । बोर्डले प्राथमिक निश्काशनमा रहेको बिकृति हटाउन हालै एकाघरका परिवार बाहेक बहु आबेदनमा एकल चेकबाट भुक्तानीलाई बन्देज लगाएको छ ।

बोर्डका अध्यक्षमा डा. रेबतबहादुर कार्की गएपछि शेयर बजार सुधारले गति लिंदा त्यसले लगानीकर्ताहरुमा समेत उत्साह थप्दा नेप्से लगातार बढिरहेको छ । आफुले थालेको सुधारले शेयर बजारमा उत्साह छाएपछि बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन र सम्बिन्धत कम्पनीको अबस्था, जोखिम बढाउने पक्ष र अर्थतन्त्रको अबस्था बिचार गरेर मात्र कारोबार गर्न आग्रह गरेको छ । 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।