शेयर बजारमा अर्को नयाँ रेकर्ड, वाणिज्य बैंकको अधिक कारोबार हुँदा शिखर इन्स्यारेन्सको शेयर मुल्य किन १० प्रतिशतले बढ्यो ?

Apr 17, 2016 Mero Lagani



नयाँ वर्षको पहिलो दिनमा नै १७ अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से आइतबार पनि नयाँ रेकर्ड बनाउँदै १४ सय १० अंक नजिक पुगेको छ । वाणिज्य बैंकको शेयर कारोबार अधिक भएको बजारमा बीमा कम्पनीहरुको शेयरमुल्य धेरै माथि चढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरण निकाल्ने समय नजिकिँदै गर्दा बजारमा उछाल देखिएको हो ।

आइतबार नेप्सेमा होटल र अन्य समुहका परिसुचकमा गिरावट आए पनि अरु सबै सुचकमा आएको सुधारले नेप्से ३ दशमलव ६५ अंकले बढेर १४ सय ९ दशमलव ६४ अंकमा उक्लिएको हो । बजारमा अत्यधिक तरलताका साथै शेयर बजारप्रति लगानीकर्ताहरुको बढ्दो र नियमनकारी निकायहरुले बजार सुधारमा देखाएको सक्रियताले नेप्से सकारात्मक हुँदै गएको देखिन्छ ।

आइतबारको कारोबारमा शिखर इन्स्यारेन्स (SICL) को शेयर मुल्य सबैभन्दा धेरै बढेको छ । अघिल्लो कारोबारमा १८ सय ५० रुपैंया प्रतिकित्ताका दरले कारोबार भएर बन्द भएको शिखरको शेयर मुल्य १० प्रतिशत अर्थात १ सय ८५ रुपैंयाले बढेर २ हजार ३५ रुपैंया पुगेको छ । तेस्रो त्रैमासिक वित्तीय विबरण सुधारेर ल्याउने अपेक्षामा लगानीकर्ता शिखर इन्स्योरेन्समा आकर्षित बन्दा बजारमा कम्पनीको शेयर मुल्य अधिक बढेको हो । बजार बन्द हुने समयमा शेयर किन्नेको संख्या अधिक भए पनि बेच्नेको संख्या शुन्य अवस्थामा भएकाले पनि बजार भाउ बढेको हो ।

बीमा ऐनको प्रस्तावित मस्यौदा अर्थ मन्त्रालयमा पुगेर प्रकृयामा अघि बढिरहेको भए पनि त्यस सम्बन्धमा हालसालै कुनै छलफल तथा प्रकृया अघि बढाउने काम नभएको अवस्थामा अन्य ३ बीमा कम्पनीको पनि शेयर मुल्य आकाशिएको छ । अर्थमन्त्रालयका एक अधिकारीले मेरोलगानीसंग कुरा गर्दै भने ‘अहिले बीमा ऐनको मस्यौदा सम्बन्धमा खासै केही प्रकृया तथा छलफल चलाइएको छैन ।’

उता शिखर इन्स्योरेन्सका एक अधिकृतले कम्पनीले कुनै नयाँ विषयमा काम अघि नबढाएको बताए । केही समय अघि एफपीओ निष्काशन गरेको शिखरले वित्तीय विबरण राम्रो निकाल्न लागेको भन्ने आधारमा नै शेयर मुल्य बढाइएको लगानीकर्ताहरुको बुझाई छ ।

शिखर इन्स्योरेन्ससंगै एनएलजी इन्स्योरेन्स (NLG) को ७ दशमलव ७३ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को ५ दशमलव ५६ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स (SIL) को ४ दशमलव ७६ प्रतिशतले शेयर मुल्य बढेको छ । बीमा ऐनको मस्यौदा उपर कुनै कार्वाही अघि नबढेको अवस्थामा बीमा कम्पनीको शेयर मुल्य एकाएक बढ्नु अधिकांस लगानीकर्ताका लागि रहस्यको विषय बनेको छ । यस क्रममा अन्य सुचकमा सामान्य वृद्धि भएको अवस्थामा बीमा समुहको परिसुचक ६१ द्यशमलव २ अंकले बढेर ६ हजार २ सय ४ दशमलव ८२ अंकमा आइपुगेको छ ।

बीमा कम्पनी बाहेक आइतबार मुक्तिनाथ विकास बैंक (MNBBL) को ८ दशमलव ८८, तिनाउ डेभलपमेण्ट बैंक (TNDBL) को ५ दशमलव ८८, पोखरा फाइनान्स (PFL) को ५ दशमलव १९, नेपाल एसबीआई बैंक (SBI) को ५ र लुम्बिनी फाइनान्स (LFCL) को ४ दशमलव १ प्रतिशतले शेयर मुल्य बढेको छ ।

कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) को सबैभन्दा धेरै अर्थात ४ करोड ९६ लाख रुपैंयाको शेयर कारोबार भएकोमा दोस्रो स्थानमा रहेको नेपाल बैंक (NBL) को ३ करोड ८९ लाख रुपैंयाको शेयर किनबेच भएको छ । त्यसै गरि नबिल बैंक (NABIL), नेपाल बंगलादेश बैंक (NBB), सिटिजन्स बैंक (CZBIL) लगायत अधिकांस वाणिज्य बैंकको अधिक मात्रामा शेयर कारोबार भएको छ । बैंकहरुले पनि लगानीकर्ताको सोचाई अनुसार राम्रो आम्दानी गरेको वित्तीय विबरण प्रकाशित गर्ने भएका कारण बैंकहरुको शेयर कारोबारमा चाप देखिएको हो ।

धेरै शेयर मूल्य बढ्ने कम्पनीहरुमा बीमा, बिकास बैंक र फाईनान्सहरु रहे पनि बाणिज्य बैंकहरुको कारोबार रकम अग्रताले ती कम्पनीको बित्तीय विवरणप्रति लगानीकर्ताको बढी चासो रहेको पाइृन्छ । कतिपय बाणिज्य बैंकले विगतमा भन्दा पनि राम्रो प्रगति बिबरण पस्कने संकेत देखिएको र खराब भनिएका कम्पनीहरुको समेत आश्चर्यजनक प्रगतिको संकेत देखिएपछि बजारमा त्यसको समेत प्रभाव परेको छ ।

बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत समुहमा पनि सामान्य सुधार आएको बजारमा आइतबार कुल १ सय १७ कम्पनीका ९ लाख २३ हजार ३ सय १३ कित्ता शेयर २ हजार ९ सय ६७ कारोबारबाट ६६ करोड १५ लाख ७६ हजार रुपैंयामा किनबेच भएका छन् । नेप्सेमा आएको सुधारसंगै कारोबार रकम पनि ११ करोड रुपैंयाले बढेको हो ।

आइतबार कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक (NBL) लाई नेशनल हाइड्रो (NHPC) ले पछ्याएको छ । त्यसै गरि नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक (GBIME), सानिमा(SANIMA), एनएमबी (NMB) लगायतको शेयर कारोबार धेरै संख्यामा भएको छ ।

आइतबारको कारोबारमा नेपाल टेलिकम (NTC) का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । अघिल्लो कारोबार भएको दिन टेलिकमको मात्रै ४ करोड बढीको कारोबार भएर कारोबार रकमका आधारमा टेलिकम पहिले स्थानमा बसेको थियो । यसले देखाएको एउटा कुरा यो हो कि बजारमा कारोबार चाप बढाउने घटाउने, शेयर मुल्य घटाउने बढाउने काममा कुनै न कुनै गिरोहको अहम भुमिका भएको हुनु पर्छ, यसलाई नै आधार मान्ने हो भने सोमबारको कारोबारमा आइतबार शेयर मुल्य उछालिएका कम्पनीको शेयरमुल्य नघट्ला भन्ने अवस्था रहन्न । किनकी जसले शेयर बेच्न हल्ला फैलाएर आफ्नो शेयर बेचिसक्यो अब फेरी किन त्यो शेयरको भाउ अझै माथि जाने ?

आइतबार राप्ती भेरी विकास बैंक(RBBBL), ओरेण्टल होटल(OHL), सहारा विकास बैंकSHBL), सुभेच्छा विकास बैंक (SUBBL) लगायतको शेयर मुल्यमा भारी गिरावट आएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।