
निक्षेप तथा कर्जामा ठूलो बृद्धि देखिएको छ जसले बैंकलाई नाफा बढाउन सहयोग पुगेको हो । बैंकको निक्षेप ३४ अर्बबाट ४४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २८ अर्बबाट ३७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन नाफा एक अर्ब १९ करोडबाट बढेर एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा व्याज आम्दानीमा मात्रै २२ करोड रुपैयाँ भन्दा धेरै थपेको छ । अघिल्लो वर्ष ९४ करोड खुद व्याज आम्दानी गरेको यो बैंकले यस वर्ष एक अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले यस अवधिमा २४ करोड रुपैयाँ राइटव्याक गरेको छ । यसले पनि नाफा बढाउन सहयोग गरेको हो । बैंकले २६ करोड रुपैयाँ संभावित नोक्सान व्यहोर्न प्रोभिजनमा राखेको छ ।
बैंकको निष्क्रियकर्जा अनुपात १.७८ प्रतिशत, प्रतिशेयर आम्दनी ३१ रुपैयाँ ५३ पैसा, मुल्य आम्दनाी अनुपात २३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६५ पैसा रहेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको नीति बमोजिम चालु आर्थिक बर्षमा ५५ प्रतिशत हकप्रद निष्काशनको कार्य अन्तिमचरणमा पुर्याएको छ । वैशाख महिनाभित्रै हकप्रद शेयर निष्काशन गर्ने तयारी भएको बैंकका प्रमुख कार्यकारि अधिकृत राजनसिंह भण्डारीले जानकारी दिए ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...............................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?