
बुधबारको बजारमा बैकिङ् समुह १६ अंकले बढ्दा विकास बैंक, होटल, वित्त र अन्य समुह उकालो लागेका छन् भने जलविघुत र वीमा समुहमा भने गिरावट आएको छ ।
१३० कम्पनीको एक अर्ब ७ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा वाणिज्य बैंक समुहकै मात्रै ७२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि विकास बैंक समुहको समेत ८ करोड बढीको कारोबार भएको छ ।
धमाधम बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गर्ने क्रममा रहेकाले लगानीकर्ताहरुको सक्रियता बजारमा बढेको देखिएको छ ।
यसमा धितोपत्रबोर्डले बजार सुधार तथा विस्तारमा खेलेको नेतृत्वदायी भुमिका,बैंक तथा लगानीकर्तासँग प्रयाप्त तरलता हुनु, अन्य क्षेत्रमा लगानी जान नसक्नु र शेयर बजारमा सुचीकृत कम्पनीहरुले दिने प्रतिफल निक्षेपमा पाईने ब्याजभन्दा बढी हुने अवस्था देखिनुले शेयरबजार उकालो चढिरहेको मान्न सकिन्छ ।
यसदिन एभरेष्ट बैंकको मात्रै २० करोड बढीको शेयर किनबेच भएको छ । यता इन्भेष्टमेन्ट बैंकको संस्थापक र साधारणगरि दश करोड बढीको कारोबार हुँदा सिटिजन्स बैंकको ७ करोड ५९ लाख बराबरको शेयर किनबेच भएको छ भने स्ट्याण्र्डड चार्टडको पनि ६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एनबी बैंकको पनि ५ करोड बढीको कारोबार गर्दा एसबिआई बैंकको ४ करोड तथा सानिमा बैंकको तीन करोड बढीको शेयर किनबेच भएको छ ।

नेप्से तथा कारोबार दुवै उछालिएको बजारमा महिला सहयात्राका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमुल्य दश प्रतिशतले बढेको छ । मितेरी डिभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि दश प्रतिशतकै हाराहारीमा कमाएका छन् । यस्तै मिशन डेभलपमेन्ट, लुम्बिनी फाइनान्स, सगरमाथा फाइनान्स, आइएलएफसीओ माइक्रोफाइनान्स तथा प्राइम लाइफ इन्स्योरेन्स लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।
झण्डै दोहोरो अंकले बजार बढ्दा हामा मर्चेण्ट फाइनान्सका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । त्यस्तै सेवा विकास, वरुण हाइड्रो, नेपाल इन्स्योरेन्स लगायतका कम्पनी गुमाउनेमा परेका छन् ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...............................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?