गरिमा बैंकसँग सुभेच्छा विकास गाभिने, चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्ने

Apr 21, 2016 Mero Lagani

पोखरामा मुख्य कार्यालय रहेको गरिमा विकास बैंक (GBBL)  र चितवनको सुभेच्छा विकास बैंक (SUBBL)  आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकको पुँजी बृद्धि योजना अनुसार राष्ट्रियस्तरको गरिमा र तीन जिल्ले सुभेच्छा बैंक गाभिन लागेका हुन् । मर्जरमा जान सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक पुगेपछि यी दुवै कम्पनीको शेयर कारोबार बिहीबारबाट रोकिएको छ ।

गरिमाको चुक्ता पुँजी ८५ करोड ३२ लाख रुपैयाँ छ भने सुभेच्छाको २२ करोड ७३ लाख रुपैयाँ रहेको छ । सुभेच्छाले यसैबर्ष मात्रै एक बराबर एक हकप्रद शेयर वितरण गरेर १५ करोडबाट पूँजी बढाएको थियो ।

यी दुई बैंक गाभिाएपछि नयाँ बन्ने बैंकको पुँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्ने गरिमा विकास बैंकका कम्पनी सचिव माधव आर्चायले जानकारी दिए । मर्जर पश्चात बन्ने बैंक पनि गरिमाकै नामबाट संचालनमा आउने छ । यसै आर्थिकबर्षभित्र मर्जर सकेर एकिकृत कारोबार गरिसक्ने लक्ष्य रहेको आर्चायले बताए ।

राष्ट्रियस्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्म बैंकले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ ।
पुस मसान्तसम्मको विवरण अनुसार, गरिमासँग सात अर्ब २५ करोड निक्षेप र ६ अर्ब ३२ करोड कर्जा छ । सुभेच्छासँग दुई अर्ब निक्षेप र एक अर्ब ४३ करोड कर्जा लगानी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।