सर्वाधिक उचाईमा नेप्से पुग्दा युनिलिभरको पनि नयाँ रेकर्ड, शेयर मुल्य बढेर किन भयो स्ट्याण्र्डड चार्टडको उच्च कारोबार ?

Apr 21, 2016 Mero Lagani



नयाँ सालको कारोबारमा दिनप्रतिदिन नयाँ नयाँ रेकर्ड बनाउँदै गरेको नेप्से  विहिबार करिब एक अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चढ्दो बजारमा युनिलिभर (UNL) को शेयरमुल्य सर्वाधिक महङो भएको छ भने स्ट्याण्र्डड चार्टड बैंक(SCB)को शेयरमुल्य बढेर सर्वाधिक कारोबार भएको छ । लगानीकर्ताको आर्कषण वाणिज्य बैंकतर्फ बढ्दै गर्दा कमाउने र गुमाउनेको अग्रपक्तिमा भने साना कम्पनीहरु अगाडि देखिएका छन् ।

कारोबारमा आएका अधिकाश समुहको सूचक ओरालो लागेपनि विहिबार नेप्सेको उकालो लाग्नेक्रम रोकिएन विहिबार नेप्से ०.९८ अंकले बढेर हालसम्मकै सर्वाधिक उच्च १४४१.६७ विन्दुमा पुगेको छ ।

१२७ कम्पनीको कारोबार भएको बजारमा ९० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । होटल, वाणिज्य बैंक, वीमा र उत्पादन समुहले उचालेको बजारमा विकास बैंक,वित्त, जलविद्युत र अन्य समूह ओरालो लागेको छ ।

नयाँ उचाईमा पुगेको बजारमा युनिलिभरको शेयरमुल्य हालसम्मकै महङो भएको छ । विहिबार शेयरबजारमा यो कम्पनीको प्रतिकित्ता शेयरमुल्य ३.३५ प्रतिशत अर्थात एक हजार ८१ रुपैयाँले बढेर ३३ हजार ३ सय ३३ रुपैयाँ पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मुल्य हो ।

यता स्ट्याण्र्डड चार्टड बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्रबैंकबाट स्वीकृत भएपछि स्ट्याण्र्डड चार्टडको शेयरमुल्य बढेर उच्च कारोबार भएको छ । यो बैंकको करिब ७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बैंकको शेयरमुल्य समेत प्रतिकित्ता ३४ रुपैयाँले बढेर ३ हजार ३ सय ७४ रुपैयाँ पुगेको छ ।

 

बैंकले २५ प्रतिशत बोनश तथा १९.२१ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । बैंकले आगामी जेठ २१ गतेका लागि साधारणसभा बोलाउने निर्णय समेत गरेको छ । जसका लागि यहि वैशाख १८ गतेबाट बुक क्लोज हुने सूचना प्रकाशित भएकाले पनि बैंकको कारोबार बढेको हो ।

यसपछि नेपाल एसबिआई बैंकको कारोबार उच्च भएको छ । एसबिआईको ५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

एभरेष्ट बैंकको ५ करोड बराबरको कारोबार हुदाँ इन्भेष्टमेन्ट बैंकको पनि ५ करोड बराबरकै साधारणशेयर किनबेच भएको छ । नेपाल लाइफ, इन्स्योरेन्स र सिटिजन्स बैंकको पनि चार करोड बढीको कारोबार भएको छ ।

 

 

 

बढेको बजारमा सप्तकोषी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो बैंकको शेयरमुल्य झण्डै दश प्रतिशतको हाराहारीमा बढेको छ ।यसैगरि प्रोफेशनल दियालो,मञ्जुश्री फाइनान्स, मिशन डेभलपमेन्ट, कृषि विकास बैंक, सहारा विकास बैंक लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् । विहिबारको कारोबारमा ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु