नेप्से १४५४ अंकको सर्वाधिक उच्च विन्दुमा, वाणिज्य बैंकले तताएको बजारमा युनिलिभरको मुल्य झन आकासीयो

Apr 24, 2016 Mero Lagani



आइतबार नेप्से दोहोरोे अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । कारोबारमा आएका अधिकांस समुहमा हरियाली छाएको बजारमा वाणिज्य बैंक समुह उर्लिएपछि बजार दोहोरो अंकले बढेको हो । बजारले नयाँ उचाई बनाउँदै गर्दा युनिलिभरको शेयर मुल्य आकासिएर हालसम्मकै महङे भएको छ । लगानीकर्ताको आर्कषण बढ्दा वाणिज्य बैंकहरुको कारोबार बढेपनि कमाउने कम्पनीको अग्रपक्तिमा भने विकास बैंकहरु देखा परेका छन् ।

तेस्रो त्रैमासमा राम्रो नाफा कमाउने आँकलन गर्दे लगानीकर्ताको वाणिज्य बैंकतर्फ मोडिएपछि बजारको उक्लने गथति बढेको छ । आइतबार बजारमा वाणिज्य बैंक समुह १७ अंकले उकालो लागेपछि नेप्से समेत १२ अंक बढीले उकालो लागेको छ ।

कारोबारमा आएका जलविद्युत र वित्त बाहेक सबै समुहमा उकालो लागेपछि रेकर्डक्रमले निरन्तरता पाएको हो ।आइतबार नेप्से १२.६८ अंकले बढेर हालसम्मकै सर्वा्धिक उच्च १४५४.३५ विन्दुमा पुगेको छ ।१२० कम्पनीको कारोबार भएको बजारमा ८५ करोड ९३ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

नयाँ उचाईमा पुगेको बजारमा युनिलिभर (UNL) को शेयरमुल्य हालसम्मकै महङो भएको छ । आइतबार शेयरबजारमा यो कम्पनीको प्रतिकित्ता शेयरमुल्य ४.०४ प्रतिशत अर्थात एक हजार तीन सय ४५ रुपैयाँले बढेर ३४ हजार ६ सय ७८ रुपैयाँ पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मुल्य हो ।

नेपाल बंगलादेश बैंक (NBB) को शेयरमुल्य बढेर उच्च कारोबार भएको छ । एनबी बैंकको ७ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ । यो बैंकको शेयरमुल्य ५ प्रतिशत भन्दा धेरैले बढेर प्रतिकित्ता ६२२ रुपैयाँ पुगेको छ । त्यस्तै साधारणसभाको मिति तय भएपछि स्ट्याण्र्डड चार्टड (SCB) को कारोबार समेत निरन्तर बढ्न थालेको छ । यो बैंकको आइतबार मात्रै ६ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यता नबिल बैंक (NABIL) ले ५ करोड बढीको कारोबार गर्दा सानिमा (SANIMA), इन्भेष्टमेन्ट (NIB) ,हिमालयन (HBL) , एभरेष्ट बैंक (EBL) को पनि ३ करोड बढीको शेयर किनबेच भएको छ । उच्च कारोबार गर्ने टप दश कम्पनीमा परेका नेपाल लाइफ (NLIC)  र चिलिमे हाइड्रो (CHCL) को पनि साढे तीन करोड बढीको कारोबार गरेका छन् ।

 

नयाँ उचाईमा पुगको बजारमा सप्तकोषी डेभलपमेन्ट बैंक (SKDBL) का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो बैंकको शेयरमुल्य दश प्रतिशतले बढेको छ । विहिबार पनि यो कम्पनीको शेयरमुल्य दश प्रतिशतकै हाराहारीमा बढेको थियो ।

यसैगरि मञ्जुश्री फाइनान्स, तिनाउ डेभलपमेन्ट, गुडविल फाइनान्स, युनिक फाइनान्स, कन्ट्री डेभलपमेन्ट, एनबी बैंक, आईसिएफसी फाइनान्स, युनिलिभर लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् । यसदिनको कारोबारमा पनि ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको शेयरमुल्य दश प्रतिशतले घटेको छ ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु