बीमा र बैकिङ् समुहले बजार उचाल्दा नेप्सेमा रेकर्ड, किन भयो स्ट्याण्र्डड चार्टड र एभरेष्टको उच्च कारोबार ?

May 02, 2016 merolagani



तीन पछि खुलेको शेयर बजार परिसुचक नेप्से करिब दश अंकले बढेर हालसम्मकै सर्वाधिक उचाईमा पुगेको छ । ७६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा वाणिज्य बैंक समुहको दोहोरो तथा बीमा समुहको तेहेरो अंकले उकालो लागेको छ । साधारण शेयर बाँडफाँडको निकै लामो समयपछि कारोबारमा आएको साझा विकास बैंकले सबैभन्दा धेरै कमाउदा ट्याण्र्डड चार्टड र एभरेष्ट बैंकको उच्च कारोबार भएको छ ।

झण्डै दोहोरो अंकले बढेको बजारमा ठुला भन्दा साना कम्पनी कमाउनेको अग्रपक्तिमा देखा परेका छन् । साझा विकास बैंकको शेयरमूल्य ९.४४ प्रतिशतले बढ्ेर ३१३ रुपैयाँ पुगेको छ । यो बैंकको अधिल्लो साताबाट मात्रै शेयरबजारमा कारोबार खुलेको हो। यसपछि स्ट्याण्र्डड चार्टड बैंकका लगानीकर्ताले कमाएका छन् । बैंकको आगामी जेठ २१ साधारणसभा हुदैछ । बैंकले प्रस्ताव गरेको बोनश समायोजन गरेपछि पनि बैंकको शेयरमुल्य बढेको छ । यसपछि लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंकको कन्भर्टटेबल प्रिफिन्यसील शेयर, एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमुल्य बढेको छ ।

सोमबार नेप्से ९.५६ अंकले बढेर १४७४.४७ अंकमा पुगेको छ । १२५ कम्पनीको कारोबार भएको बजारमा ७६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा वाणिज्य बैंक समुहको मात्रै ३९ करोड ८७ लाख रुपैयाँ रहेको छ । बीमा, वाणिज्य बैंक र जलविद्युत समुह सकारात्मक रहेको बजारमा अन्य समुहका सूचक भने नकारात्मक रहेका छन् ।

कारोबार रकमका हिसाबले स्ट्याण्र्डड चार्टड बैक अग्रस्थानमा रहेको छ । यो बैंकको करिब ६ करोड बराबरको कारोबार भएको छ । एभरेष्ट बैंकले ५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार गर्दा नबिल बैंकको संस्थापक शेयर पनि ५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नबिल साधरण र नेपाल बैकले पनि ३ करोड बढीको कारोबार गरेका छन् ।

त्यसै गरि अधिक कारोबार हुने अरु कम्पनीमा नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, छिमेक लघुवित्त विकास बैंक, एभरेष्ट इन्स्यारेन्स, सिटिजन्स बैंक, नेशनल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक रहेका छन् । मिथिला लद्युवीत्तको शेयरमुल्य दश प्रतिशतले घट्द तारागाँउ रेजेशन्सी, सिनर्जी फाइनान्स, सेवा विकास बैंक , स्वोरोजगार लद्युवित्त लगायतका कम्पनी गुमाउनेको अग्रसूचीमा देखिएका छन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।