नेप्सेमा सामान्य करेक्सन आएपनि कारोबार रकम २० करोडले बढ्यो

May 03, 2016 merolagani



शेयरबजारको वृद्धिमा मंगलबार ब्रेक लागेको छ । वाणिज्य बैंक, वीमा तथा विकास बैंक लगायतका सुचक नकारात्मक बनेपछि मंगलबार नेप्से सामान्य घटेको छ । नेप्सेको वृद्धि रोकिएपनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा भने सुधार देखिएको छ । एभरेष्ट बैंकको सबैभन्दा उच्च कारोबार भएको बजारमा साझा विकास बैंकको शेयरमूल्य उच्च दरले बढेको छ ।


मंगलवार नेप्से परिसुचक २ दशमलव ५२ अंकले ओरालो लागेर १ हजार ४ सय ७१ दशमलव ५९ अंकमा झरेको छ । कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । यसििदन बीमा समुहको परिसुचक सबैभन्दा धेरै ६० दशमलव ५६ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंक ७ दशमलव २३, अन्य १ दशमलव १८ र बैंक तथा फाइनान्स समुह क्रमशः ० दशमलव ८६ र ० दशमलव १६ अंकले घटेको छ ।

उत्पादन, होटल र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३३ दशमलव ७३, १६ दशमलव २६ र २ दशमलव ९४ अंकले बढेको छ । १३३ कम्पनीको कारोवारम भएको बजारमा २३ लाख २६ हजार कित्ता सेयर ९६ करोड ८२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बजार घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोडले बढेको छ । सोमबार बजारमा ७६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

 

बजारको कारोबारलाई बाणिज्य बैंकहरुले नै माथि उचालेका हुन् । प्रमुख १० करोबार हुने कम्पनी मध्ये आठ वटा बाणिज्य बैंक छन् । यसदिन बाणिज्य बैंक समुहको मात्रै ४९ करोड बढीको कारोबार भएको छ । यसले वाणिज्य बैंकप्रतिनै लगानीकर्ताको आर्कषण देखाउँछ । मर्जरका कारण बजारमा अझै दश बैंकको कारोबार रोक्का छ ।

मंगलबारको बजारमा साझा विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९० प्रतिशतले बढेको छ । यसपछि अरनिको डेभलपमेन्ट, अरुण भ्याली हाइड्रो, सिनर्जी फाइनान्स तथा यति डेभलपमेन्ट लगायतका कम्पनी कमाउनेको अग्रपक्तिमा परेका छन भने मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

यसदिन एभरेष्ट बैंकको सबैभन्दा धेरै ७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । इन्भेष्टमेन्ट, नेपाल बैंक र एनएमबी बैंकले पनि चार करोड बढीको कारोबार गरेका छन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?