सर्वाधिक उचाइमा नेप्से पुग्दा एक अर्बको कारोबार, किन भयो एनबी र एनआइसी एशिया बैंकको शेयरमुल्य बढेर उच्च कारोबार ?

May 09, 2016 Mero Lagani



सरकार परिवर्तनको चर्चाले गत साता सुस्ताएको शेयरबजार यो साता लगातार दुई दिन झण्डै दोहोरो अंकले उकालो लागेको छ । आइतबार ९.५८ अंकले उकालो लागेको नेप्से सोमबार १०.२१ अंकले बढेको छ । कारोबारमा आएका सबै समुह सकारात्मक रहेपछि बजार दोहोरो अंकले उकालो लागेको छ भने कारोबार रकम समेत बढेर एक अर्बको हाराहरीमा पुगेको छ । अघिल्लो दिन जस्तै सोमबार पनि एनबी बैंक र एनआइसी एशिया बैंकको शेयरमुल्य बढेर उच्च कारोबार भएको छ ।

तत्काल सरकार परिवर्तन नहुने र यहि सरकारले नै आगामी आर्थिक बर्षको लोकप्रिय बजेट सार्वजनिक गर्ने निश्चित भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको छ । सरकारले आइतबार मात्रै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजीबजार विस्तार, विकास र सुधारका कार्यक्रम समेत आएपछि बजार थप सकारात्मक बनेको हो ।

वाणिज्य बैंकको दबदबा रहेको बजारमा नेप्से १०.२१ अंकले उक्लिएर १४८२.९० विन्दुमा पुगेको छ । १३२ कम्पनीको कारोबार भएको बजारमा ९९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।अघिल्लो कारोबारको तुलनामा कारोबार रकम पनि झण्डै ६ करोड रुपैयाँले बढेको छ । वाणिज्य बैंक समुहको ८ अंक बढीले उक्लिएको बजारमा यो समुहको मात्रै करिब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बजारमा कारोबारमा आएका सबै समुहमा हरियाली छाएपछि बजार थप उचाइमा पुगेको हो।

 

यसदिन नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । एनबी बैंकको १ लाख ६२ हजार कित्ता शेयर ११ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । आइतबार यो बैंकको २ लाख १३ हजार कित्ता शेयर १४ करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

विभिन्न बैंकहरुसँग मर्जरको चर्चा चलिरहेको बैंकको एक्कासी हकप्रद दिएर आफै पुँजी पुर्याउने योजनामा रहेको हल्ला बजारमा चलेपछि यो बैंकको शेयर कारोबार एकाएक बढेको छ । हकप्रदको चर्चाले बैंकको शेयरमुल्य समेत बढेको छ । अर्कातर्फ एनबी बैंकको तेस्रो त्रैमासको रिर्पोट समेत राम्रो आउने आँकलनमा लगानीकर्ता देखिएका छन् ।

उता २५ प्रतिशत हकप्रद शेयरको आह्वान पत्र प्रकाशित गर्नुका साथै तेस्रो त्रैमासमा ७५ करोड खुद नाफा सहितको विवरण सार्वजनिक गरेपछि एनआइसी एशिया बैंकको पनि शेयरमुल्य बढेर कारोबार भएको छ । यो बैंकको ७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आइतबार एशिया बैंकको १ लाख २९ हजार कित्ता शेयर झण्डै १२ करोड रुपैयाँमा खरिदबिक्री भएको थियो । हकप्रद शेयर प्रयोजनका लागि वैशाख ३१ गते बैंकको बुक क्लोज हुने भएकाले पनि कारोबार उच्च भएको हो ।

यसदिन ग्लोबल आइएई बैंकको पनि ४ करोड बढीको कारोबार भएको छ । नेपाल लाइफ, फस्ट माइक्रो, सिटिजन्स, एभरेष्ट र नेपाल बैंकको पनि ३ करोड बढीको कारोबार भएको छ ।

सोमबारको शेयर बजारमा हामा मर्चेन्ट र एनसिएम क्यापिटलको शेयर मुल्य शेयरमुल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यसपछि नमस्ते वित्तिय संस्था, रिलायन्स लोटस, काक्रे विहार विकास बैंकको पनि दश प्रतिशतकै हाराहारीमा शेयरमुल्य बढेको छ । यसदिन सप्तकोषी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसपछि साझा विकास, नेशनल हाइड्रो, महाकाली विकास र रिडी हाइड्रो लगायतका कम्पनी गुमाउनेमा परेका छन् ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।