नेपाल ग्रामिण बिकास बैंकले १५ प्रतिशत एफपीओ जारी गर्ने

May 11, 2016 Merolagani



लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको कम्पनी नेपाल ग्रामिण बिकास बैंक(NGBBL)ले सर्बसाधारणको हिस्सा बढाउँन १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । नेपाल ग्रामिणमा हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन थप साधारण शेयर निश्काशन ( एफपीओ) जारी गर्ने तयारी गरेको हो ।

नेपाल ग्रामिण बिकास बैंकका एक अधिकारीले दिएको जानकारी अनुसार चाडै नै  अतिरिक्त साधारण शेयर निश्काशन गर्ने गरी तयारी सुरु भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेकोमा झण्डै ९ लाख कित्ता थप शेयर सर्बसाधारणमा बिक्री गर्ने गरी निश्काशन गर्ने निर्णय कम्पनीले गरिसकेको छ । एफपीओको न्युनतम मूल्य कति हुने भन्ने बारेमा तय हुन बाँकी रहेको जनाईए पनि त्यसबाट कम्पनीको पूँजी कोष तथा जगेडा कोष बलियो हुनेछ । हाल सो कम्पनीको शेयरको बजार मूल्य ९०० रुपैयाँकै हाराहारीमा रहेकाले एफपीओको मूल्य कति होला भन्ने कुरा बिचारणीय देखिन्छ ।


मेरोलगानी डटकमले नेपाल ग्रामिण बैंकका प्रमुख कार्यकारी धर्मराज पाण्डेसँग सम्पर्क गरी एफपीओ सम्बन्धी जिज्ञासा राखेकोमा उहाँले आफ्नो बैंक त्यसै दिशामा क्रियाशील रहेको पुष्टि गर्नुभयो तर थप बिबरण अहिल्यै दिन नसकिने बताउनुभयो ।

 

पाँच वटा ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको नेपाल ग्रामिण बिकास बैंकले गत बर्षको तुलनामा यस बर्ष तीब्र प्रगति गर्दै गएको छ । बैंकले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २६ करोड संचालन नाफा गरेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष साढे दुई करोडले नकारात्मक रहे पनि यस त्रैमाससम्ममा त्यो पुरा भएर कम्पनी सबल बन्ने बताईएको छ ।


देशभर कार्य क्षेत्र रहेको सो बैंकका एकाध शाखा बाहेक सबै नाफामा संचालन हुन थालेको हुँदा बैंकले चौथो त्रैमासमा आकर्षक प्रगति बिबरण पस्कने आँकलन गरिएको छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।