गरिमाको २६ औं शाखा स्याङ्जाको चापाकोटमा

May 16, 2016 Mero Lagani

पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंक (GBBL) ले स्याङ्जा जिल्लाको चापाकोटमा आफ्नो २६औं शाखा खोलेको छ । उक्त शाखाको सोमबार नेपाल राष्ट्र बैंकका निर्देशक चिरन्जीबी चापागाईले उद्घाटन गरे । बैंकले चापाकोट शाखा कार्यालय मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै यस क्षेत्रको वित्तीय पहुँच अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बताएको छ ।



सोमबारबाट संचालनमा आएको स्याङजाको चापाकोट शाखा कार्यालय बाहेक नेपाल राष्ट्र बैंकबाट स्वीकृत काठमाण्डौको गोंगबु शाखा र नवलपरासीको बर्दघाट शाखा शिघ्र संचालनमा ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास र्बैंक हो । यो बैंकले हाल २५ शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आइरहेको थियो ।

...........................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।