शेयर धितो कर्जामा परिवर्तनको कुनै तयारी छैनः राष्ट्र बैंक

Jun 05, 2016 Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई शेयर धितो कर्जामा कडाई गर्ने गरी नयाँ नीति ल्याउने बारेमा कुनै तयारी नभएको स्पष्ट पारेको छ । शेयर धितो कर्जामा कडाई गर्ने गरी राष्ट्र बैंकले नयाँ नीति ल्याउन लागेको हल्लामा आईतबार शेयर बजारमा ३५ अंकले गिरावट आएपछि मेरोलगानी डटकमका सम्पादक तिलक कोइरालाले राखेको जिज्ञासामा राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले शेयर धितो कर्जा प्रबाह नीतिमा परिवर्तनको तयारी नभएको स्पष्ट पार्नुभएको हो ।

 

पंगेनीले भन्नुभयो - हामीबाट केही भएको छैन, नीतिमा परिवर्तन भएको पनि छैन, त्यस सम्बन्धमा परिबर्तनको संकेत  छैन र गुन्जायस पनि छैन । अहिले जे छ, त्यही नै हो ।

पंगेनीले शेयर धितो कर्जा नीतिमा परिवर्तन हुँदैछ भन्ने हल्ला फिंजाएर केही ब्यक्तिहरुले बजारमा सस्तोमा शेयर उठाउने रणनीति अख्तियार गरेका हुनसक्ने संकेत गर्दै त्यसमा राष्ट्र बैंकको चासो र सरोकार नरहेको पनि स्पष्ट पार्नुभयो् ।


उहाँले अनुत्पादक क्षेत्रमा बैंक तथा बित्तीय संस्थाहरुको धेरै लगानी नजाओस भनेर राष्ट्र बैंक सदैब सचेत रहेको पनि जनाउनु भयो । पंगेनीले - उत्पादनमुलक क्षेत्रमा कर्जा परिचालन बढाउँन बैंक तथा बित्तीय संस्थाहरुलाई प्रोत्साहित गर्दा पनि शेयर धितो कर्जामा परिवर्तन गर्ने सोचाई छैन भन्नुभयो ।

केही दिन यता  राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्दैछ भन्ने हल्ला शेयर बजारमा फैलिएपछि नेप्से घट्ने क्रममा रहेको छ । आईतबार मात्रै नेप्सेमा ३५ अंकको गिरावट आई परिसूचक १४८३ को बिन्दुमा झरेको छ । तर यही दिन कारोबार रकम अघिल्लो साताको अन्तिम दिनको तुलनामा बढेर १ अर्ब ३९ करोड पुग्नुलाई अर्थपूर्ण मानिएको छ । शेयर मुल्य घटेको मौकामा केही लगानीकर्ताहरु शेयर किन्न सक्रिय रहँदा कारोबार रकममा बढोत्तरी भएको देखिएको छ ।

बजार तल झर्न लागेको बेलामा साना लगानीकर्ता हतारिएर शेयर बेच्दा घाटा खानुपर्ने  हुँदा बजारमा चल्ने हल्लाबाट प्रभावित हुनु नहुनेमा जोड दिईएको छ । राम्रा कम्पनीको शेयर उचित मूल्यमा किनेर धैर्यता लिंदा यसै बर्षको खुद नाफाबाट राम्रै लाभांश पाउन सकिने अबस्था रहेकाले सर्वसाधारण लगानीकर्ता सचेत हुनुपर्ने देखिएको छ ।

 

के छ शेयर धितो कर्जा नीतिमा ?


मार्जिन ल्याण्डिड. भनिने शेयर धितो कर्जा नीतिमा राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई निश्चित प्रतिशत रकम परिचालन गर्नसक्ने ब्यवस्था गरेको छ । पहिले शेयर प्रमाण पत्रको सक्कल र शेयर किनेको बिलको आधारमा  कर्जा दिन सकिने ब्यवस्था रहेकोमा अहिले सबै शेयर अभौतिक भईसकेको अबस्थामा डिम्याट खातामा शेयर रोक्का गरेर बैंक तथा बित्तीय संस्थाहरुले धितोको ७० प्रतिशतसम्म रकम परिचालन गर्ने गरेका छन् ।

               राष्ट्र बैंकको एकीकृत निर्देशन २०७२ मा यस्तो छ ब्यवस्था 

 

केही संस्थाहरुले धितोको ८० प्रतिशतसम्म रकम परिचालन गरेको हल्ला चले पनि अधिकांश कम्पनीहरुको शेयर धितो कर्जा सिमा भित्रै रहेको बताईन्छ ।

नबिल जस्ता ठूला बाणिज्य बैंकहरुले भर्खर शेयर धितो कर्जा परिचालन सुरु गरेका छन् । अरु केही ठूला बाणिज्य बैंकहरुले शेयर धितो कर्जा परिचालन गर्नै बाँकी रहेकाले शेयर बजारमा कर्जाबाट परिचालन भएको रकम घट्ने संकेत छैन ।


सरकारले हालै ल्याएको नयाँ बजेटमा ऋणीले कर्जा प्रयोजनका लागि बैंकमा पेश गरेको आयसम्बन्धी कागजातलाई कर प्रयोजनका लागि उपयोग गर्न सकिने ब्यवस्थाबाट पनि सर्वसाधारण लगानीकर्ता आत्तिनुपर्ने अबस्था नभएको बताईन्छ ।


अर्को तर्फ शेयर बजारमा चलेको लघुबित्तको चुक्ता पूँजी सम्बन्धी हल्लामा पनि ठोस आधार नभएको र राष्ट्र बैंकमा अहिलेसम्म स्पष्ट खाका नबनेको बुझिएको छ । हल्लाको भरमा शेयर बेचेर घाटा खानुभन्दा धैर्य भएर कम्पनीहरुले नयाँ आर्थिक बर्षमा दिनसक्ने आकर्षक लाभांशको प्रतीक्षा गर्नु बुद्धिमानी हुने जानकारहरु बताउँछन् किनभने देशको आर्थिक अबस्था संतोषजनक नभएपनि कम्पनीहरुको कमाई संतोषजनक देखिएको छ । 

....................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

 




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।