यी लघुवित्तलाई तपाई यति धेरै मूल्य किन हाल्नुहुन्छ ?

Jun 07, 2016 Mero Lagani



नेपालको शेयरबजार विकशित र विस्तारित हुदै गर्दा केही लघुवित्त कम्पनीहरुको शेयरमूल्य आकाशिने क्रमसँगै सर्वसाधरण लगानीकर्तामा जोखिमको पक्ष ह्वात्तै बढेको छ । सर्वसाधारणमा केही हजार कित्ता शेयर जारी गरेका त्यस्ता कम्पनीको शेयरमूल्य चार हजार रुपैयाँको हाराहारीमा पुग्दा जोखिम बढेको हो ।

यस्तो कम्पनी जो स्थापना भएर सर्वसाधारणलाई अहिलेसम्म कुनै लाभांश वितरण गर्न सकेको छैन, त्यस्तो कम्पनीको शेयरमूल्य चार हजार माथि के कारणले पुग्यो भन्ने कुरानै रहस्यमय छ । बजारमा सिमित कित्ता शेयर किनबेच गराएर नियोजित रुपमा यस्ता कम्पनीको शेयरमूल्य माथि चढाईएको हुदाँ लगानीकर्ताहरु सचेत बन्नुपर्ने अवस्था आएको छ ।

हेर्नुहोस कुन कम्पनीको कस्तो छ अवस्था ?

एउटा कम्पनीको उदाहरण

झापामा कार्यालय रहेको नागबेली लघुवित्तको प्रतिशेयरमूल्य चार हजार पचास रुपैयाँ सम्म पुगेर अहिले तीन हजार नौ सयको हाराहारीमा छ । यस कम्पनीको दैनिक शेयर कारोबार संख्या औसतमा एक सय नाघ्न सकेको छैन् । शेयरमूल्य सर्वाधिक उच्च विन्दुमा पुगेको दिनमा पनि साढे पाँच सय कित्ता मात्र शेयर किनबेच भएको देखिन्छ ।

 

संस्थागत सुशासन कमजोर भएको ठहरगरि राष्ट् बैंकले कडा निगरानिमा राखेको यस कम्पनीको शेयरलाई लगानीकर्ताहरुले किन यति धेरै महत्व दिएर किनिरहेका छन् ?

अर्कोतर्फ राष्ट् बैंकले आगामी मौद्रिक नीति मार्फत लघुवित्तको चुक्तापूँजी कम्तीमा दश करोड हुनुपर्ने गरी तोक्यो भने साढे २ करोड वाला यो कम्पनीले कसरी पुर्याउला ? यो एउटा उदारण मात्र हो ।

नयाँ नेपाल लघुवित्त जसको निष्किृय कर्जा नै १०.९५ प्रतिशत छ । निष्क्रिृय कर्जा असुलीमा चमत्कार नगरे उसले चाहेर पनि यसबर्षको खुद नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश बाड्न सक्दैन । त्यस्तै अवस्था नेपाल ग्रामिण विकास बैंकको पनि छ । २ करोडवाला मिर्मिरे माइक्रोफाइनान्सको पनि शेयरमूल्य २८ सयको हाराहारीमा पुग्दा जोखिमको मात्रा बढेको छ भने ओमी माइक्रोको शेयरमूल्य पनि जोखिमपूर्ण बाटोमा गएको छ ।

ठुला वाणिज्य बैंकहरुले प्रबर्धन गरेका र देशव्यापी शाखा सञ्जाल भएका लघुवित्तहरुले दिने सेवा सुविधासँग यी दुई चार करोडवाला केही लघुवित्तहरुले प्रतिपर्धा गर्न सक्छन कि सक्दैनन् ? यो पनि महत्वपूर्ण प्रश्न भएर गएको छ ।
शेयरबजारमा माग र आपूर्तिको नियमले शेयरमूल्य निर्धारण हुन्छ भन्ने कुरामा मात्रै आधारित बन्दा यस्ता कम्पनीहरुको कारोबारलाई अहिले ठीक भन्न सकिएला तर द्धिर्घकालिन हिसाबले जोखिमको मात्रा निक्कै माथि छ ।

ग्रामिण जनता र सदस्यहरुलाई कर्जा प्रवाह गर्दा २० प्रतिशत भन्दा बढी ब्याज असुल्न नपाउनेगरि लघुवित्त विकास बैंक संघले बन्देज लगाएपछि अरुबाट थोक कर्जा लिएर व्यापार गर्ने साना संस्थाहरुको आम्दानी खुम्चिने देखिएको छ । यसको प्रभावले अहिलेजति धेरै प्रतिशेयर आम्दानी देखाएपनि आगामी दिनमा पूँजीवृद्धिको चाप र अन्य लघुवित्तसँगको प्रतिस्पर्धाले प्रतिशेयर आम्दानी ह्वात्तै घट्ने खतरा टड्कारो छ । 

मूल्य आम्दानी अनुपात, निष्क्रिृय कर्जा र कम्पनीको अन्य आधारभूत पक्षहरु हेर्दा शेयरमूल्य जोखिमपूर्ण अवस्थामा पुगेका कम्पनीहरु अरु पनि छन् । कुन कम्पनीको शेयरमूल्य अधिकमूल्यन भएको छ र कुन कम्पनीको अझै किन्न उचित छ भन्ने कुरा जाँचेर सुरक्षित लगानी गर्नुनै जोखिमबाट बच्ने सही उपाय हो ।

 

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।