नेपाल पुनर्बिमा कम्पनीले पनि सर्वसाधारणमा शेयर जारी गर्ने, कम्पनीले ह्वात्तै पूँजी बढायो

Jun 30, 2016 merolagani



सरकारी स्वामित्व र बीमा कम्पनीहरुको सहभागीतामा खोलिएको नेपाल पुनर्बिमा कम्पनीले पनि सर्वसाधारण्मा शेयर जारि गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न पहिलो साधारणसभामा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया थालनी गरिएको जानकारी दिएका हुन् ।



साधारण सभाले कम्पनीको अधिकृत र जारी पूँजी बढाउने संचालक समितिको प्रस्ताव पारित गरेको छ । संचालक समितिको प्रस्ताव पारित भएपछि कम्पनीको अधिकृत पूँजी ५ अर्बबाट १५ अर्ब रुपैयाँ तथा जारी पूँजी ३ अर्बबाट १५ अर्ब रुपैयाँ पुर्याएको छ भने कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले कम्तिमा तीस प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न सक्ने सम्भावना छ ।

कम्पनीका अध्यक्ष गुरागाईका अनुसार कम्पनीले अन्तर्राष्टिय वीमाबजारमा आफ्नो विश्वसनियता बढाउनको लागि प्रविधि, स्तर निर्धारण र दक्ष जनशक्तिको बिकास गर्न आवश्यक प्रकृया आरम्भ गरेको छ । साथै उनले सरकारको अपेक्षा अनुरुपको क्षमता अभिबृद्धि गर्दै आवश्यक सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको समेत बताए ।

सो अवसरमा बीमा समितिका अध्यक्ष प्रा.डा फत्तबहादुर के.सीले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो प्रतिस्पर्धी क्षमतालाई अभिबृद्धि गर्दै सक्षम पुनर्बीमक बन्नुपर्नैमा जोड दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले सार्कस्तरबाट पुनर्बीमा व्यवसाय प्राप्त भई रहेको र राष्ट्रियस्तरमा सबै प्रकारको पुनर्बीमा व्यवस्था गरिएको जानकारी दिए ।

२०७१ सालको कात्तिक २१ गते स्थापना भएको नेपालकै पहिलो पुनर्बिमा कम्पनीमा नेपाल सरकारको ४३ दशमलव ५५ प्रतिशत र बाँकी बीमा र अन्य कम्पनीहरुको शेयर स्वामित्व रहेको छ  ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।