४ करोडको आइपिओमा ३ अर्बको आवेदन पर्नुले के संकेत गर्छ ?

Jul 01, 2016 Mero Lagani

पछिल्लो समय निष्काशन हुने साधारण शेयरमा आवेदन अधिक मात्रामा पर्ने गरेको छ । जसका कारण माग गरिएको भन्दै सयौं गुणा बढी आवेदन पर्दा गोलाप्रथाबाट सिमित लगानीकर्ताले थोरै संख्यामा मात्र शेयर पाइरहेका छन् । पछिल्लो पटक साधारण शेयर निष्काशन गरेको दिब्यश्वरी हाइड्रोमा पनि ७५ गुणा भन्दा बढीको आवेदन परेको छ ।

केही समय अघि मात्र मेरो माइक्रोफाइनान्स र खानी खोला जलविद्युत आयोजनाले निष्काशन गरेको साधारण शेयरमा पनि अधिक मात्रामा आवेदन परेको थियो । शेयर बजारमा उछाल आएका बेला लगानीका अरु क्षेत्र नभए पछि साधारण शेयरका आवेदक पनि अधिक मात्रामा बढेका छन् । जसका कारण विगतमा साधारण शेयरमा आवेदन दिएर सबै आवेदकले शेयर पाउने अवस्थाको अन्त्य हुँदै गएको छ ।

दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमा ३ दिनमा मात्र झण्डै डेढ अर्ब रुपैंयाको आवेदन परेकोमा अन्तिम दिन मात्रै १ अर्ब ५१ करोड २८ लाख रुपैंयाको आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले दिएको जानकारी अनुसार साधारण शेयरमा कुल २ अर्ब ९७ करोड रुपैंया भन्दा बढीको आवेदन परेको छ । यो माग गरिएको ३ लाख ९६ हजार कित्ता शेयरको ७५ गुणाभन्दा बढी हो । हाइड्रोको शेयरका लागि १ लाख १ हजार ६ सय ३७ वटा आवेदन परेको छ ।

क्यापिटलका प्रबन्ध निर्देशक पुर्णचन्द्र दाहलका अनुसार अधिक मात्रामा शेयरमा आवेदन परेका कारण सिमित लगानीकर्ताले थोरै संख्यामा मात्र शेयर पाउने देखिएको छ । मेरोलगानीसंगको कुराकानीमा उनले भने ‘झण्डै ४ लाख कित्ता शेयर निष्काशन भएको हो, ३ अर्बको हारहारीमा आवेदन परेको छ । अब १० कित्ताका दरले पनि थोरै आवेदकलाई कसरी शेयर कसरी बाड्ने भन्ने अवस्था श्रृजना भएको छ ।’

उनका अनुसार सोमबार ५ हजार ८ सय ३१ आवेदनबाट १८ करोड २२ लाख ९४ हजार ८ सय रुपैंयाको आवेदन परेको थियो । शेयर निष्काशन भएको दोस्रो दिन मंगलबार २२ हजार २ सय २२ आवेदनबाट ६६ करोड ७२ लाख २ हजार ४ सय रुपैंयाको आवेदन परेको थियो । तेस्रो दिन बुधबार पनि २० हजार ४ सय ३१ आवेदकबाट ६१ करोड ३२ लाख ८१ हजार ३ सय रुपैंयाको शेयर आवेदन परेकोमा अन्तिम दिन मात्र ५३ हजार १ सय ५३ वटा आवेदनबाट १ अर्ब ५१ करोड २८ लाख रुपैंयाको आवेदन परेको हो ।

इक्रा नेपालले इक्रा रेटिंग ४ दिएको कम्पनीको संस्थापकसँग १९ लाख ८० हजार कित्ता शेयर रहेको छ । हाइड्रोले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर विक्री गर्न लागेको हो । यस क्रमममा कम्पनीले स्थानीयका लागि २ लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैंयाका दरले निष्काशन गरेको शेयरमा लगानीकर्ताले कम्तीमा ५ हजार रुपैंयादेखि १ लाख रुपैंयासम्मको आवेदन दिन सक्ने छन् । पछिल्लो समय साधारण शेयरमा लगानीकर्ताको अधिक आकर्षण बढेसंगै शेयर बाँडफाँडको मोडलमा समेत परिमार्जन देखिन थालेको छ । १ लाख रुपैंयासम्म मात्र आवेदन दिन सकिने भएकाले कम्पनीको शेयरमा परेका सबै आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बितरण गर्न सक्ने देखिन्छ । यस अघि निष्काशन भएका शेयर बाँडफाँडको मोडलले पनि यसलाई पुष्टि गर्छ ।

शेयर निष्काशन पश्चात हाइड्रोको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुग्ने हाइड्रोका अध्यक्ष क्याप्टेन डि आर निरौलाले जानकारी दिए । उनका अनुसार ४ मेगावाट क्षमताको दिव्यश्वरी हाइड्रोले आगामी साउनदेखि व्यवशायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

संखुवासभाको सभा खोलामा अहिले जलविद्युत आयोजना निर्माण भैरहेको छ । ‘जेठ देखि नै व्यवशायिक रुपवमा विद्युत उत्पादनको लक्ष्य थियो तर कामदारको अभावले प्रकृया लम्बिएको अवस्थामा अहिले वर्षतमा पुल नभएकाले सोचे अनुरुप काम गर्न सकिएको छैन’ हाइड्रोका अध्यक्ष निरौलाले भने । उनका अनुसार २ साता भित्रमा प्रशारण लाइनको तार टाग्ने काम सकिनेछ । अहिले हेड रेस पाइप बिछ्याउने, पावर हाउसमा मेशिन जडान गर्ने काम तिब्र रुपमा अघि बढेको जनाउँदै निरौलाले प्राकृतिक कारणले अवरोध नआए साउन मसान्तदेखि नियमित विद्युत उत्पादन सुरु हुने बताए ।

आईपीओको नाममा तछाड मछाड गर्दै साना कम्पनीमा धेरै रकम फसाउनु यसकारण बेकार

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।