बजारमा शेयरको बाढी,यसै साता दश करोड २० लाख कित्ता शेयर थपियो

Jul 01, 2016 merolagani



दुई करोड २८ लाख कित्ता किनबेच, आठ अर्ब ३८ करोडको कारोबार

यसै साता हालसम्मकै सर्वाधिक उचाईमा पुगेको शेयरबजारमा  दश करोढ २० लाख कित्ता साधारण शेयर थपिएको छ । जलविद्युत लगानी तथा विकास कम्पनी र मेरो माइक्रोफाइनान्सको गरी दुई कम्पनीको साधारण शेयर थपिएको हो । हालसम्मकै सर्वाधिक उचाईमा पुगेको बजारमा जलविद्युत विकास कम्पनीको ठुलो मात्रामा शेयर थपिएका कारण बजारले थप उचाई लिने लगानीकर्ताको विश्वास छ ।

 

यसै साता नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनीको ८ करोड संस्थापक तथा २ करोड साधारणशेयर गरि कुल दश करोड शेयर सूचिकृत भएको हो । त्यस्तै मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता साधारण शेयर थपिएको हो । मेरो माइक्रोको अर्को सातबाटै शेयर बजारमा कारोबार खुल्ने सम्भावना रहेको छ भने जलविद्युत कम्पनीको अझै केही हप्ता लाग्ने देखिएको छ ।

यी दुवै कम्पनीको शेयर रजिष्ट्रार रहेको ग्लोबल आइएई क्यापिटलका अनुसार दुवै कम्पनीको शेयर डिम्याट गर्ने काम धमाधम भईरहेको छ । न्यूनत्म दश प्रतिशत शेयर डिम्याट हुनासाथ नेप्सेमा कारोबार खुल्नेछ । शेयर बजारमा पूर्ण डिम्याट कारोबारको थालनि भएपछि कारोबारमा जानु अगाडि अनिवार्य दश प्रतिशत शेयर डिम्याट गर्नुपर्ने प्रावधान रहेको छ । 

 

मेरो माइक्रोफाइनान्सको शेयर कारोबार अर्को सातादेखि हुने,कतिमा खुल्ला पहिलो कारोबार ?

जलविद्युत कम्पनीको शेयर कारोबारमा ल्याउने चटारो, शेयर डिम्याटका लागि सन्ध्याकालिन काउन्टर पनि

 

यस साता नेप्से परिसूचक गतसाताको तुलनामा ३८.६ अंकले बढेको छ । आइतबार १ हजार ६ सय ८५ दशमलव २७ विन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम व्यापार दिन विहीबार १ हजार ७ सय २३ दशमलव २३ विन्दुमा पुगेको छ ।

 

यस साता नेपाल स्टक एक्सचेन्जमा १५० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार ८ सय ३९ कारोबारबाट आठ अर्ब ३८ करोड नौ लाख ३७ हजार रुपैयाँ बराबरका दुई करोड २८ लाख ३६ हजार दुई सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७.३२ प्रतिशत बढि हो ।

गत साता १४७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३२ हजार १८ कारोबारबाट सात अर्ब ८२ करोड २९ लाख ४३ हजार रुपैयाँ बराबरका एक करोड १० लाख ९४ हजार ५ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकम ( ३७ करोड ४३ लाख ७० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (४८ लाख ८६ हजार कित्ता) को आधारमा एनआइबिएल सम्विृद्धी फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१२१५ वटा) को आधारमा सेन्चुरी कमर्सिय बैंक लि. अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 

आईपीओको नाममा तछाड मछाड गर्दै साना कम्पनीमा धेरै रकम फसाउनु यसकारण बेकार

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।