लक्ष्मी बैकले किन्यो प्रोफेशनल दियालो विकास बैंक

Jul 01, 2016 merolagani



लक्ष्मी बैंक (LBL) ले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको दश जिल्ले प्रोफेशनल दियालो विकास बैक (PRDBL)  खरिद गर्ने भएको छ। विहिबार लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकबीच एक्विजिशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा लक्ष्मी बैकंका तर्फबाट अध्यक्ष शम्भु प्रसाद आचार्य र प्रोफेशनल दियालो विकास बैकंका तर्फबाट अध्यक्ष लोक राजपन्तले हस्ताक्षर गरे ।



लक्ष्मी बैंकले चालु आर्थिक वर्षमा चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । अहिले बैंकको ३ अर्ब ३ करोड रुपैंया चुक्ता पूँजी छ हकप्रद जारी पश्चात चुक्ता पूँजी ६ अर्ब ६ करोड रुपैंया पुर्याउने छ । यता प्रोफेशनल दियालो बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ रहेको छ । बैंकले गतआर्थिक बर्षको मुनाफाबाट ९.२५ प्रतिशत बोनश शेयर दिएको थियो । 

यस एक्विजिन पश्चात् बैकंको वासलातको आकार, शाखा सञ्जाल विस्तार, ग्राहक संख्या तथा पूँजी वृद्घिमा सहयोग पुग्ने लक्ष्मी बैंकका प्रमुख कार्यकारी सुदेस खालिङ्गले जानकारी दिए । स्वाप रेशियो भने डिडिए रिर्पोटको आधारमा तय हुनेछ । प्रोफेशनल दियालो खरिद र हकप्रद शेयर वितरण पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी साँढे ६ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । एक्जिविशनमा गएपनि प्रोफेशन दियालेले हकप्रद शेयर जारी गर्ने सम्भावना समेत रहेको छ ।

काभ्रेको बनेपालाई केन्द्र बनाएर आर्थिक कृयाकलाप गर्दै आएको बैंकको १० जिल्ला कार्यक्षेत्र छ ।  बैंकले चालु आर्थिक बर्ष तेस्रो त्रैमाससम्मा २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

लक्ष्मी बैंकको शाखा संजाल ५०, २ विस्तार काउन्टर अनि ६५ ए टि एम संचालनमा रहेका छन् ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।