नेप्से ओरालो लाग्दा पनि १० प्रतिशतले मुल्य बढ्ने दर्जन कम्पनी यस्ता छन्

Jul 03, 2016 Mero Lagani



साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से ओरालो लागे पनि आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने तरखर गर्दै गर्दा लघुवित्त कम्पनीका शेयरधनी मालामाल भएका छन् । आइतबार समग्र बजार ४ अं बढीले उकालो लाग्ने क्रमममा वाणिज्य बैंक, बीमा, जलविद्युत समुहमा गिरावट आए पनि विकास बैंक समुहमा उछाल देखिएको हो ।

आइतबार बजार खुलेदेखि नै परिसुचक नकरात्मक विन्दुतिर गए पनि लघुवित्त कम्पनीहरुको शेयर मुल्यमा उछाल आए पछि विकास बैंक समुहको सुचक ६६ दशमलव ८९ अंकले माथि चढेको हो । वाणिज्य बैंक समुहमा २३ दशमलव ८६ अंकको गिरावट आउँदा बीमा समुहमा २ सय २३ दशमलव ९५ र जलविद्युतमा ७ दशमलव ५८ अंकको गिरावट आएका कारण नेप्से ४ दशमलव शुन्य तीन अंकले घटेर १ हजार ७ सय १९ दशमलव २० अंकमा ओर्लिएको छ ।

लघुवित्त कम्पनीको सहयोगमा विकास बैंक समुहमा ६६ दशमलव ८९ अंकको सुधार आएको बजारमा वित्त समुहमा २९ दशमलव ७३, अन्य समुहमा ४ दशमलव ६९ र होटलमा १ दशमलव ५१ ऋंकको सुधार आएको छ । बजारको ठुलो हिस्सा ओगटेको वाणिज्य बैंक समुह र बीमा समुहमा आएको गिरावटका कारण नेप्से घटेको हो । विकास बैंक समुहको टेवाले नेप्सेमा थोरै गिरावट आएको हो ।

आइतबार बजारमा १ सय ३७ कम्पनीका २० लाख ८३ हजार ३ सय कित्ता शेयरहरु ६ हजार ४ सय ८२ कारोबारबाट १ अर्ब ८५ करोड २४ लाख ५२ हजार ६ सय ३९ रुपैंयामा किनबेच भएका छन् । यस क्रममा राष्ट्रि बीमा कम्पनीको संस्थापक शेयरको अधिक कारोबार भएको छ । त्यस पछि नेपाल लाइफ इन्स्योरेन्स, फष्र्ट माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर, नेशनल लाइफ इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेण्ट बैंक, एभरेष्ट बैंक, छिमेक लघुवित्त विकास बैंक, साना किसान विकास बैंकर नेपाल बंगलादेश बैंकको अधिक मात्रामा शेयर कारोबार भएको छ ।

मौद्रिक नीतिबाट लघुवित्त कम्पनीहरुको पूँजी वृद्धि हुने आशमा लगानीकर्ता त्यस तर्फ मोडिँदा ४ लघुवित्तको अधिक शेयर कारोबार भएकोमा अधिक शेयर मुल्य बढ्ने लघुवित्त कम्पनीको संख्या ७ रहेको छ । ती सात वटा लघुवित्त कम्पनी सहित अरु ४ वटा कम्पनीहरुको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

अधिक शेयर मुल्य घट्ने १० कम्पनीहरु मध्ये ६ वटा बीमा कम्पनी रहेका छन् । २ वटा फाइनान्स र २ वटा विकास बैंकको शेयर मूल्य पनि अधिक मात्रामा घटेको छ ।

 

यसै महिनाको अन्त्यमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको सन्दर्भमा वाणिज्य बैंकको विषयमा हुन सक्ने सम्बोधनलाई पर्खेर लगानीकर्ता बसेका कारण बैंक समुहमा गिरावट आएको हो । मौद्रिक नीति मार्फत नै लघुवित्त कम्पनीहरुको चुक्ता पूँजी वृद्धि हुने तयारी भैरहेको भन्ने हल्लाका कारण लगानीकर्ता त्यता आकर्षित भएका कारण विकास बैंक समुहमा उछाल आएको हो । साता अघि सम्म १ हजार देखि १ हजार २ सय रुपैंयासम्म रहेका लघुवित्त कम्पनीहरुको शेयर मुल्य २ हजारको हारहाहरीमा पुगेको छ भने २ हजारको हारहारीमा रहेको शेयर मुल्य २ हजार ५ सय रुपैंया भन्दा माथि चढेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।