थप तीन लघुवित्तले साधारण शेयर निष्काशन गर्ने

Jul 04, 2016 Mero Lagani

नेपाल धितोपत्र बोर्डले गत साता मात्र २ लघुवित्त कम्पनीहरुलाई साधारण शेयर निष्काशन गर्न अनुमती दिएको छ । यस अघि गत जेठ अन्तिममा बोर्डबाट साधारण शेयर निष्काशनको अनुमती पाएको नेशनल माइक्रोफाइनान्सले पनि शेयर निष्काशनको प्रकृया चलाई रहेको छ । तीन लघुवित्तले ढिलोमा साउन मसान्तसम्ममा ८ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरिसक्ने छन् ।

बोर्डले जेठ २४ गते नेशनल माइक्रोफाइनान्सलाई ३ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमती दिएको हो । त्यसै गरि बोर्डले असार १४ गते सुर्योदय लघुवित्तलाई १ लाख २० हजार कित्ता साधारण शेयर निष्काशनको अनुमती दिएको छ । उता आरडिसि लघुवित्तले पनि असार १७ गते ४ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमती पाएको छ ।

अहिले धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिना भित्रमा शेयर निष्काशन गरिसक्नु पर्ने व्यवस्था छ । जस अनुसार नेशनल माइक्रोफाइनान्सको साधारण शेयर निष्काशन सान तेस्रो सातासम्ममा भैसक्नु पर्ने छ भने सुर्योदय लघुवित्त र आरएसडिसी लघुवित्तले भदौ दोस्रो सातासम्ममा शेयर निष्काशन गरिसक्नु पर्ने छ । तीन मध्ये नेशनल र आरएसडिसी लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ भने सुर्योदय लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

धादिंगको सदरमुकाम धादिंगबेंशीमा मुख्य कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सको अहिले चुक्ता पूँजी ७ करोड रुपैंया रहेको छ । ३ लाख कित्ता साधारण शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड रुपैंया पुग्नेछ । माइक्रोफाइनान्सले गत चैत मसान्तसम्ममा मात्र २ करोड ७२ लाख ८७ हजार रुपैंया खुद नाफा कमाएको छ । उक्त अवधिमा माइक्रोफाइनान्सले ७१ करोड ४८ लाख रुपैंया लघुवित्त कार्यक्रमका लागि ऋण प्रवाह गरेको छ ।

२ करोड ८० लाख रुपैंया चुक्ता पूँजी रहेको सुर्योदय माइक्रोफाइनान्सले १ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी ४ करोड रुपैंया पुर्याउनेछ । पुतली बजार स्यांजामा कार्यालय रहेको माइक्रोफाइनान्सले गत चैत मसान्तसम्ममा ३३ करोड ६८ लाख रुपैंया लघुवित्त कार्यक्रमममा कर्जा प्रवाह गरेको छ भने उक्त अवधिमा उसले १ करोड १४ लाख २८ हजार रुपैंया खुद नाफा कमाएको छ ।

आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ“ वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा“ प्रदायक वित्तीय संस्था हो ।

रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी रु. १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

यसमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ भने विभिन्न ४० भन्दा बढी जिल्लाका १७२ जना व्यक्ति समेत यसका प्रवद्र्धक रहेका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी र्सिजना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दे आएको छ ।

गत आर्थिक बर्षमा ८६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सो अवधिमा लघुवित्त कार्यक्रमका लागि ५० करोड भन्दा बढि रकम ऋण प्रवाह गरेको थियो ।

धेरै आइपिओ आउँदैछन्, डिम्याट खाता खोल्नु भयो ? छैन भने खोल्नुस्

............................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।