तल्लो खारे खोला जलविद्युत आयोजनाको अग्राधिकार शेयरमा लगानीको मौका अब १० दिन मात्र बाँकी

Jul 04, 2016 Mero Lagani



सिइडिबी हाइड्रो फण्ड अन्तरगतको युनिभर्सल पावर कम्पनीले तल्लो खारे खोला जलविद्युत आयोजनामा लगानी गर्ने मौका लगानीकर्तालाई प्रदान गरेको छ । ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना युनिभर्सल पावर कम्पनीले निर्माण प्रकृया अघि बढाएको छ । उक्त आयोजनामा परिवर्तनीय अग्राधिकार शेयरमा लगानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यसै दौरानमा कम्पनीले रुपन्देहीको बुटवलमा अग्राधिकार शेयरका सम्बन्धमा जानकारी मुलक कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उद्योग बाणिज्य संघसंगको सहकार्यमा युनिभर्सल पावरले यस्तो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कम्पनीले निर्माण गर्न लागेको जलविद्युत आयोजनाको लागत, लगानीकर्ताले गर्न सक्ने लगानी र पाउने प्रतिफलका सम्बन्धमा प्रष्ट पारिएको थियो ।

युनिभर्सल पार कम्पनीले दोलखाको सुरी, चंखु र खारे गाबिसमा ११ मेघावाट क्षमताको तल्लो खारे खोला जलबिद्युत आयोजना निर्माण प्रकृया अघि बढाएको छ । २ अर्व ४ करोड रुपैंयाको लागतमा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाको तीन वर्ष भित्रमा निर्माण पुरा गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

परिवर्तनीय अग्राधिकार शेयरका रुपमा अहिले उक्त जलविद्युत आयोजनामा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । उसका अनुसार लगानीकर्ताले अहिले कम्तीमा १ हजार कित्ता शेयर १ सय रुपैंयाका दरले खरिद गर्नु पर्नेछ भने आयोजना निर्माण सम्पन्न नहुञ्जेल लगानीकर्ताले वार्षिक ७ दशमलव ५ प्रतिशतका दरले शेयर प्रतिफल पाउने छन् । असार मसान्तदेखि कम्पनीले तल्लो खारेखोला जलविद्युत आयोजनाको अगा्रधिकार शेयर निष्काशन बन्द गर्नेछ ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले मुलुकको आर्थिक बिकासका मेरुदण्डका क्षेत्रहरु कृषि, उर्जा, उद्योग र पर्यटनमा लगानी जरुरी रहेको बताएका थिए । उनले यस्ता कार्यक्रमबाट आर्थिक विकास सम्भव भएको भन्दै युनिभर्सल पावर कम्पनीको प्रयासमा संघले हातेमालो गरेको उनको भनाई थियो ।

युनिभर्सल पावर कम्पनीले यस अघि लमजुंगकमा ४ दशमलव ४ मेघावाटको राधी, ४ मेघावाटको खुदी र १ सय ८३ वाटको स्याङ्गे जलबिद्युत आयोजना निर्माण गरिसकेको छ । तल्लो खारे खोला सहित लमजुगंमा १० दशमलव ३ मेघावाटको दोर्दी, रुकुममा ५ मेगावाटको रुकुमगढ र शंखुवासभामा ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?

१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

हाम्रो आयोजनाले निर्माण अवधिमा वार्षिक साढे सात प्रतिशत प्रतिफल दिन्छ : विनय भण्डारी, प्रमुख कार्यकारी, सिइडिबि हाइड्रो




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।