सोमबार बजार खुल्नासाथ पहिलो पन्ध्र मिनेटसम्म निरन्तर उकालो लागेको नेप्से बजार बन्द हुने समयसम्म आईपुग्दा २.३७ अंकले झरेर १७१६.८३ विन्दुमा रोकिएको छ ।
विकास बैंक र फाइनान्स समुहमा बाहेक सबै समूह झरेपछि बजार ओरालो लागेको हो । समग्र बजार ओरालो लागेपनि सोमबार शेयरबजारमा ढेड अर्ब बढीको कारोबार भएको छ ।
सोमबार बजारमा १ सय ४० कम्पनीका २८ लाख ४९ हजार कित्ता शेयरहरु १ अर्ब ५४ करोड रुपैंयामा बराबरमा किनबेच भएका छन् । कारोबार रकम अघिल्लो दिनको तुलनमा ३१ करोड कम हो ।
उच्च कारोबार गर्ने कम्पनीहरुमा लघुवित्त कम्पनीहरु थपिएपछि सोमबारको बजारमा विकास बैंक समूहमा उच्च कारोबार भएको छ । यो समुहको मात्रै ५८ करोड बढीको कारोबार भएको छ । जबकी बजारमा सबैभन्दा धेरै हिस्सा ओग्टने वािण्ज्य बैंक समुहमा ३२ करोडको कारोबार भएको छ । यसदिन वित्त कम्पनीहरुको समेत १२ करोड बढीको कारोबार भएको छ ।

बजारमा रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ७ करोढ ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि उच्च कारोबार गर्ने एभरेष्ट बैंकको ६ करोड ८१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ भने नागरिक लगानीकोषको पनि ६ करोड बढीको कारोबार भएको छ । फस्ट् माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको पनि ५ करोड बढीको कारोबार भएको छ ।

यसदिन काष्ठमण्डप डेभलपेमन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ । एनआईडिसी क्यापिटल, नमस्ते वित्तिय संस्था, रिलायबल डेभलपमेन्ट, सनराइज संस्थापक, नागरिक लगानीकोष लगायतका कम्पनीको पनि दश प्रतिशतकै हाराहारीमा शेयरमूल्य बढेको छ । फेवा विकास, नेपाल लाइफ संस्थापक,मनास्लु विकास र मुक्तिनाथ विकास बैंकका लगानीकर्ता पनि कमाउनेमा दरिएका छन ।

राष्टिय बीमा कम्पनीका शेयरधनीले धेरै गुमाएको बजारमा नेरुद्ध, डिप्रोक्स, विजय लद्युवित्त साना किसान लगायतका कम्पनी गुमाउनेमा परेका छन् ।
यसै महिनाको अन्त्यमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको सन्दर्भमा वाणिज्य बैंकको विषयमा हुन सक्ने सम्बोधनलाई पर्खेर लगानीकर्ता बसेका कारण बैंक समुहमा गिरावट आएको हो । मौद्रिक नीति मार्फत नै लघुवित्त कम्पनीहरुको चुक्ता पूँजी वृद्धि हुने तयारी भैरहेको भन्ने हल्लाका कारण लगानीकर्ता त्यता आकर्षित भएका कारण विकास बैंक समुहमा सुधार आएको हो ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।