ज्योति बिकास बैंकको झण्डै १२ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद प्रस्ताव

Oct 23, 2016 merolagani

ज्योति बिकास बैंक (JBBL)ले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी साढे दुई अर्ब आफै पुर्याउन कस्सिएर ११.७ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । झिमरुक बिकास बैंकलाई आफुमा गाभेर केही सबल बनेपछि ज्योति बिकास बैंकलाई चुक्ता पूँजी आफै पुर्याएर बिकास बैंकमा कायम रहने साहस बढेको देखिएको छ । 

प्रस्तावित बोनस राष्ट्र बैंकको स्विकृती पश्चात बैंकको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

९२ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी भएको ज्योति विकास बैंकले गत आर्थिक वर्षमा १५ करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ भने त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पुँजी २ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकबाट जारी पूँजी योजना अनुसार २०७४ आसार मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकले साढे दुई अर्ब पुँजी पुर्याउनुपर्ने हुन्छ । बोनस र हकप्रदपछि नपुगेको पुँजी बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट बोनस जारी गरेर पुर्याउने योजना बनाएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।