नेपाल बैंकमा रहेको सरकारको सेयर रणनीतिक साझेदारलाई बेच्ने अर्थमन्त्रीको घोषणा

Jan 18, 2017 Merolagani



नेपाल सरकारले नेपालको जेठो नेपाल बैंक(NBL)मा रहेको आफ्नो ६२ प्रतिशत सेयर बिनिवेश प्रक्रियाद्धारा रणनीतिक साझेदारलाई बेच्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयमा बुधबार यसम्बन्धी घोषणा गर्दै २०७४ असार मसान्तसम्म सेयर बिक्री गरिसक्ने बताउनु भयो ।

हाल छ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको नेपाल बैंकमा नेपाल सरकारको स्वामित्व ६२ प्रतिशत रहेको छ । नेपाल बैंक संचालक समितिले रणनीतिक साझेदार भित्र्याउन अर्थ मन्त्रालयमा प्रस्ताब पेश गरेको अबस्थामा मन्त्री महराले सरकारले बैंकबाट लगानी झिक्ने घोषणा गर्नुभएको हो ।

नेपाल बैंकमा लगानी गर्न भारत, चीन र देशभित्रैका ब्यापारिक तथा ब्यवसायिक घरानाहरुले चासो दिएको बेला सरकारले बिनिबेश प्रक्रियाबाट नेपाल बैंकबाट बाहिरिने स्पष्ट पारेको हो ।

 

केही बर्ष अघि खराब कर्जाको भारीले बिघटनको डिलमा पुगेर फर्किएको नेपाल बैंक हालैका दिनहरुमा चमत्कारिक प्रगति गर्दै आएको छ । उसले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ९० करोड भन्दा बढी खुद नाफा गरेको छ भने निस्क्रिय कर्जा न्यु गर्दै पूँजी कोष बढाउँदै लगेको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।