बोनसका लागि तीन कम्पनीले एकसाथ मागे डिम्याट खाता, तपाईले बुझाउनुभयो ?

Feb 19, 2017 merolagani

दुुई इन्स्योरेन्स कम्पनी र एक बाणिज्य बैंकले गत बर्षको मुनाफाबाट सेयरधनीलाई बोनस प्रदान गर्न डिम्याट खाता उपलब्ध गराउन सुचना प्रकाशित गरेका छन् । जसमा हिमालयन जनरल इन्स्योरेन्स(HGI), सिद्धाथ इन्स्योरेन्स (SIL) र सिटिजन्स् बैंक (CIZBL)लिमिटेड रहेका छन् ।

हिमालयनको पुस २९ गते सम्पन्न २३ औं साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाइ २० प्रतिशत बोनस सेयर प्रदान गरेको छ भने सिद्धार्थको पुस २२ मा सम्पन्न १५ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर प्रदान गरेको हो । उता १५ दशमलव ८० प्रतिशत बोनस प्रदान गरेको सिटिजन्स् बैंकले पनि लगानीकर्तालाई डिम्याट खातामा नै बोनस प्रदान गर्ने भएको हो ।

दुबै ईन्स्योरेन्स कम्पनीको सेयर विक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्यापिटलले सम्बन्धित कम्पनीको साधारणसभा प्रयोजनका लागि सेयरधनी किताब बन्द हुनुअगाडि सेयर डिम्याट गरेका सेयरधनीलाई डिम्याट खातामा नै बोनस उपलब्ध गराउने जनाएको छ । हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीलाई भने डिम्याट खाता खोली सेयर डिम्याट गराए पश्चात क्यापिटलले स्वत खातामा बोनस प्रदान गर्नेछ ।

उता सिटिजन्स् बैंकले असोज १६ गते सम्पन्न दशौ साधारण सभाबाट पारित बोनस लगानीकर्ताको डिम्याट खातामा नै जम्मा गरिसकेको र कुनै कारणबस खातामा सेयर जम्मा नभएको भए विक्री प्रबन्धक सि.बि.आई.एल क्यापिटल बाटुलेघरमा सम्पर्क राख्न भनेको हो ।

विस्तृत जानकारीका लागि क्यापिटलमा सम्पर्क गर्न तीनबटै कम्पनीले लगानीकर्तालाई आग्रह गरेका छन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।