लगानी सम्मेलनले जुटायो साढे १४ खर्ब बराबरको लगानी प्रतिबद्धता

Mar 03, 2017 merolagani

२५ बर्षपछि राजधानीमा आयोजना गरिएको लगानी सम्मेलनमा साढे १४ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । दुई दिने सम्मेलनमा सहभागी डेढ दर्जन विदेशी लगानीकर्ता बाट १३ अर्ब ५२ करोड अमेरिकन डलर लगानी प्रतिबद्धता प्राप्त भएको हो। जबकी सरकारले एक खर्ब लगानी जुटाउने अपेक्षा राखेको थियो ।



सम्मेलनमा सहभागी भएका झण्डै अढाई सय लगानीकर्तामध्ये १६ लगानी कर्ताले १३ अर्ब ५२ करोड डलर लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

जसमध्ये चीनबाट ८.३ बिलियन डलर अर्थात् ८ खर्ब ३० अर्ब नेपाली रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता भएको छ । त्यसैगरी बंगलादेशबाट २.४ बिलियन डलर अर्थात २ खर्ब ४० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता भएको छ ।

लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त गर्ने अर्को देश श्रीलंकाबाट ५० करोड डलर अर्थात् ५० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । छिमेकी देश भारतबाट भने जम्मा ३१ करोड ७० लाख डलर अर्थात ३१ अर्ब ७० करोड रुपैयाँ लगानीको प्रंतिवद्धता आएको छ ।

सम्मेलनमा नेपाली लगानीकर्ताहरुको तर्फबाट समेत ११ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।