ज्योति बिकास बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 26, 2017 merolgani

ज्योति बिकास बैंकले बैशाख १४ गते शतप्रतिशत हकप्रद सेयर प्रयोजनका लागि सेयर धनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकको हकप्रद भर्न इच्छुक लगानीकर्ताले बैशाख १३ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

ज्योतिको हाल चुक्ता पूँजी एक अर्ब १० करोड रहेको छ । उसले सोही बराबरको हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाईसकेको छ । हकप्रद पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

ज्योतीले बैशाख २८ गतेदेखि हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

साथै बैंकले राप्तीभेरी विकास बैंकलाई आफुमा विलय गर्ने सम्झौता समेत गरि सकेको छ । राप्ती भेरीलाई खरिद गरे पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड हाराहारीमा पुग्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।