हालै राजीनामा गरेर काम चलाउ बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ नजिकको तामागढीमा आज फास्ट ट्रयाकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । सरकारी अधिकारीहरु निजगढ पुग्ने क्रम जारी छ ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७६ किलोमीटर दुरीको सडक निर्माण भएपछि ढिलोमा डेढ घण्टामा काठमाडौदेखि त्यहाँ पुग्न सकिने छ । २२ मीटर चौडा सडकमा सबै खाले सवारी साधन गुडन सक्नेछन् । नेपाली सेनाले त्यसको ट्रयाक खोल्ने काम यसअघि नै गरिसकेको हुनाले निर्माण समेत उसैले पाउँदा चाडै निर्माण पुरा हुने अपेक्षा गरिएको छ ।
यस दु्रत मार्ग बनेपछि बारा, पर्सा, रौतहटसहित मध्य एबं पूर्वी तराईको बिकासको ढोका खुल्ने आशा गरिएको छ । बाराको निजगढमै अन्तर्राष्ट्रिय बिमानस्थल बन्न लागेकाले त्यसलाई समेत सहयोग पुग्ने बताईएको छ ।
.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।