१३ बैंकको बोनस वापत तिर्नुपर्ने करबारे कसरी थाहा पाउने ? यहाँ हेर्नुहोस् विबरण

Aug 01, 2017 merolagani



तपाईले गत आर्थिक बर्षमा यी १३ बैंकको सेयर बोनस पाउने मितिमा किन्नुभएको छ ? यदि तपाईले उल्लेखित मितिमा सेयर किन्नुभएर बोनस पाउन योग्य हुनुहुन्छ भने बोनस सेयर बापत सिर्जना हुने कर दायित्व रकम सम्बन्धित कम्पनीले उल्लेख गरेको खातामा जम्मा गर्नुपर्ने भएको छ ।

आव २०७२/७३ मा बोनस वितरण गरेका तीन वाणिज्य बैंक तथा १० विकास बैंकको सेयरधनीले बोनस वापतको कति रकम सम्बन्धित बैंकले तोकेको खातामा कर रकम तिर्न सूचना जारी गरिसकेका छन् ।

यस्तो रकम नतिरि सेयरधनीले बोनस आफ्नो खातामा प्राप्त गर्न सक्दैनन् । हेर्नुहोस् कुन बैंकको बोनसमा कति कर तिर्नुपर्छ ।

माथि उल्लेखित तालिकामा उल्लेखित मितिमा सेयर किनेर बोनस प्राप्त गर्न योग्य सेयरधनीले बोनस वापतको जम्मा गर्नुपर्ने रकमबारे तपाईले तल उल्लेखित सम्बन्धित बैंकको लिंकबाट हेर्न सक्नुहुन्छ । सो मितिभन्दा अगाडि सेयर किनेर बोनस पाउने सेयरधनीले भने बोनसमा कर तिर्नुपर्देन । 

सेञ्चुरीको १० प्रतिशत बोनसमा लाग्ने कर रकम यहाँबाट यकिन गर्नुहोस् ।  सबैभन्दा पहिला सेयरधनीको पहिलो नाम भर्नुहोस् । त्यसपछि तपाईले सेयर डिम्याट गराईसक्नु भएको छ भने हितग्राही खाता (डिम्याट) नम्बर अथवा कागजी प्रमाणपत्र रहेका अथवा भर्खर मात्र डिम्याट गरेका लगानीकर्ताले सेयरधनी नम्बर राखेर खोज्नुहोस् । 

ग्लोवल आईएमई बैंकको १५.७६ प्रतिशत बोनसमा लाग्ने कर रकम थाहा पाउन तपाईलाई यो लिंक उपयोगि हुनसक्छ । पहिला कम्पनी छनौट गर्नुहोस्, त्यसपछि हितग्राही खाता वा सेयरधनी नम्बर मघ्ये एउटा छनौट गरीसकेपछि सेयरधनीको पहिलो नाम राखेर चेक गर्न सक्नुहुन्छ । 

सनराईज बैंकको ३३.३३ प्रतिशत बोनसमा लाग्ने कर रकम सनराईज बैंक तथा सेयर रजिष्टार सनराईज क्यापिटलमा उपलब्ध नभएकाले  यहाँ राख्न सकिएको छैन । बैंकले वितरण गरेको बोनसमा  लाग्ने कर रकम बारे सेयरधनीले सनराईज बैंकको सबै शाखा कार्यालय तथा सेयर रजिष्ट्रार सनराईज क्यापिटलबाट अाफै गएर वा टेलिफाेनबाट समेत प्राप्त गर्न सकिने क्पापिटलले जनाएको छ ।

कैलाश विकास बैंकले प्रदान गरेको २५ प्रतिशत बोनसको  तिर्नुपर्ने कर रकम यहाँबाट थाहा पाउनुहोस्  । पहिला कम्पनी छनौट गर्नुहोस्, त्यसपछि हितग्राही खाता वा सेयरधनी नम्बर मघ्ये एउटा छनौट गरीसकेपछि सेयरधनीको पहिलो नाम राखेर खाेजि गर्न सक्नुहुन्छ । 

ज्योति विकास बैंकको ११.६४ प्रतिशत बोनसको कर वापतको रकम कति तिर्ने, यहाँबाट चेक गर्नुहोस् । पहिला कम्पनी ज्योति विकास बैंक छनौट गर्नुहोस्, त्यसपछि हितग्राही खाता वा सेयरधनी नम्बर मघ्ये एउटा छनौट गरीसकेपछि सेयरधनीको पहिलो नाम राखेर चेक गर्न सक्नुहुन्छ । 

मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत बोनसको कर रकम यहाँबाट थाहा पाउनुहोस्

ओम डेभलपमेन्ट बैंकको २९.२० प्रतिशत बोनसको कर कति तिर्नुपर्छ ? यस लिंकमा आफ्नो हितग्राही र सेयरधनीको नाम खोजेर कति बोनस वापतको कर तिर्नुपर्छ थाहा पाउन सक्नुहुन्छ ।

हाम्रो विकास बैंकको २५ प्रतिशत बोनसको कर तिर्नुभएको छैन भने यहाँबाट हेर्नुहोस्, तपाईले कति तिर्नुपर्छ ?  यस लिंक खोलेर सेयरधनीको नाम तथा ठेगानाबाट कति रकम कर वापत बुझाउनुपर्छ हेर्न सक्नुहुन्छ । 

देव विकास बैंकको १४ प्रतिशत बोनसको कर रकम थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।  सेयरधनीले यस लिंकमा गएर आफ्नो हितग्राही नम्बर तथा सेयरधनीको नामबाट तपाईले बोनस वापत तिर्नुपर्ने करको विबरणबारे जानकारी लिनुहोस् ।

कामना विकास बैंकको २१.५८ प्रतिशत बोनसको कर कति तिर्नुपर्छ भनेर चिन्तित हुनुहुन्छ ? यहाँबाट हेर्नुहोस् । बोनस सेयरको कर वापतको रकम थाहा पाउन कागजी सेयर प्रमाणपत्र रहेका सेयरधनीले नाम र सेयरधनी नम्बरबाट खोज्न सक्नुहुन्छ । डिम्याट गरिसकेका सेयरधनीले निक्षेप सदस्य तथा हितग्राही खाता भरेर खोज्न सक्नुहुन्छ । 

फेवा विकास बैंकको २०.६० प्रतिशत बोनस वापतको कर रकम यहाँबाट हेर्नुहोस् । साविकको फेवा हाल गण्डकी विकास बैंकको सेयरधनीले आफुले तिर्नुपर्ने कर वापतको रकम थाहा पाउन कागजी सेयर प्रमाणपत्र रहेका सेयरधनीले नाम र सेयरधनी नम्बर तथा डिम्याट गरिसकेका सेयरधनीले निक्षेप सदस्य तथा हितग्राही खाता भरेर खोज्न सक्नुहुन्छ । 

तपाईले साविक महालक्ष्मी विकास बैंकको ६.९० प्रतिशत बोनस वापत तिर्नुपर्ने कर रकम यहाँबाट हेनुहोस् । जहाँ तपाईले आफ्नो हितग्राही खाता नम्बर वा नाम  राखेर खाेजी तिर्नुपर्ने कर रकम थाहा पाउन सक्नुहुन्छ ।

गरिमा विकास बैंकले सेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनसको कर कति तिर्नुपर्छ भन्ने विवरण हेर्नका लागि यस लिंकमा गएर हितग्राही खाता नम्बर तथा सेयरधनीको नामबाट  बोनस वापतको कर विबरण हेर्नुहोस् । 

...[गत बर्ष बाँडेको बोनस सेयर अझै खातामा आएन ? १३ वटा बैंकको बोनस पाउन तिर्नुपर्छ कर]...




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।