नागरिक लगानीकोषमा साढे ९३ अर्ब रकम संकलन,के केमा छ लगानी ?

Aug 01, 2017 merolagani



नागरिक लगानीकोष (CIT) ले गत आर्थिक बर्षको अन्त्यसम्म अर्थात गत असारमसान्त सम्ममा  ९३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद कोष रकम संकलन गरेको छ । कोषले कोषमा आबद्ध ४७ हजार ९ सय २५ कार्यालयहरुका ६ लाख ८ हजार ८ सय ४९ बचतकर्ता मार्फत उक्त रकम संकलन गरेको जनाएको छ ।



कोषले सबैभन्दा बढी कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोषमा १ लाख ९९ हजार ८ सय ३३ सहभागीको ६२ अर्ब ६९ करोड ६२ लाख रुपैया संकलन भएको जनाएको छ ।

त्यस्तै नागरिक एकांक योजनामा २ हजार २७ जना सहभागीको १ अर्ब ५१ करोड १९ लाख रुपैयाँ रकम संकलन रहेको छ । उपदान कोष योजनाका २५ हजार ६ सय ६० सहभागीको १५ अर्ब १४ करोड ५ लाख, लगानी कर्ता हिसाव योजनाका १४ हजार सहभागीको ३ अर्ब ३ करोड रुपैया संकलन भएको कोषले जानकारी दिएको छ ।

कोष योजना अन्तर्गत निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, ससस्त्र प्रहरी बिमा कोष र राष्ट्रिय बिमा कोष आयोजनाका ३ लाख ६७ हजार सहभागीको ११ अर्ब १४ करोड ६१ लाख रुपैया संकलन भएको छ ।

 के केमा छ लगानी ? 

गत असार मसान्त सम्ममा कोषले ८५ अर्ब ५० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।

कोषले गरेको लगानीमध्ये ऋणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँ, बैंक तथा बित्तिय संस्थामा ५७ अर्ब ९९ करोड निक्षेप संकलन, समय कालिन कर्जामा ६ अर्ब ६ अर्ब ५७ करोड, संगठित संस्थाको सेयर धितोमा ४ अर्ब २ करोड ४८ लाख र सहभागी सापटी तथा आवाश कर्जामा १५ अर्ब ११ करोड २ लाख रुपैया रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

यो अवधिमा कर्मचारी वचत वृद्धि अबकाश कोषबाट ७ अर्ब ५७ करोड १८ लाख , नागरिक एकांक योजनाबाट १ अर्ब ३७ करोड ५५ लाख, उपदान कोष योजनाबाट १ अर्ब ८१ करोड, लगानीकर्ता हिसाव योजनाबाट ३२ करोड रुपैया फिर्ता भुक्तानी भएको कोषले जनाएको छ ।

गत असार मसान्तसम्ममा सिआटी मोवाइल एप्समा १५ हजार ५ सय सहभागीले सुबिधा लिएका छन । कोषको वचत वृद्धि योजनामा १४ हजार ३ सय सस्था सहभागी भएका छन । उपदान कोषमा ३ सय २९ लगानी कर्ता हिसाव योजनामा ४७ कार्यालय सहभागी रहेका सूचना अधिकृत सिलवालले बताए ।

त्यसैगरी शिक्षक बिमामा २८ हजार २ सय ६०, सैनिक बिमामा २ सय ७३, नेपाल प्रहरी बिमामा ४ सय ५७, ससस्त्र प्रहरीमा १ सय ४, निजामती बिमा कोष आयोजनामा ३ हजार ८ सय संस्था गरी कुल ४७ हजार ९ सय २५ संस्थाको प्रत्येक महिना र चौमासिक रुपमा हिसाव अध्याबधिक गरेको छ ।

आर्थिक बर्ष ०७३/७४ मा कोषबाट रकम भूक्तानी लिने सहभागीको संख्या ५९ हजार १ सय ६० रहेको छ भने कोषमा दैनिक ८ सय ७८ जनाले सेवा लिने गरेको पनि उनले जानकारी दिए ।

साथै आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले भदौको दोस्रो साता साधारणसभा राख्ने तयारीमा समेत जुटेको छ ।

महालेखा परीक्षकको कार्यालयले भदौमसान्तसम्म त्यसपछिका दुई आर्थिक बर्षको लेखापरीक्षण गर्न निर्देशन दिएकाले सो काम पनि तिब्र गतिमा भइरहेको कोषले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।