स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने

Aug 27, 2017 merolagnai

स्वरोजगार लघुवित्त (SLBBL) ले गतबर्षको कमाईबाट लाभांश वितरण गरेपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस बाँडेर शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो ।



साथै लघुवित्तले कर प्रयोजनकका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । प्रस्तावीत बोनस राष्ट्र बैंकको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

कम्पनीले गतबर्ष दुई करोड ८६ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड ९९ लाख ९८ हजार रुपैंयाँ छ । कम्पनीले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत असार-साउनमा बिक्री गरेको ५० प्रतिशत हकप्रद पूँजीकृत हुन बाँकी छ । उक्त रकम पूँजीकृत गर्दा कम्पनीको चुक्ता पूँजी १० करोड ४९ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

सो (५० प्रतिशत )  हकप्रदलाई समेत बोनस दिनुपर्ने अवस्थामा कम्पनीले प्रस्ताव गरेको बोनसको अनुपात घट्ने छ ।

बोनस र शतप्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको कुल चुक्तापूँजी २१ करोड पुग्नेछ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ९१ पैसा छ । निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६६ रुपैंया नौ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.९८ गुणाले बढी छ ।

लघुवित्तको जगेडा कोषमा चार करोड ६२ लाख ६६ हजार रुपैंयाँ सञ्चित छ ।

comments powered by Disqus

सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले कति दिँदैछ?

May 13, 2024 09:07 AM

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ।