मेगा बैंकको २ अर्ब ९७ करोड ८५ लाखको हकप्रद सेयर बिक्रीमा आयो

Sep 12, 2017 merolagani

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा हकप्रदकै बाटो रोजेको मेगा बैंकको हकप्रदमा आवेदन खुलेको छ । टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको बैंकले सेयर कारोबार रोक्का भएकै अवस्थामा हकप्रद खुलाएर लगानीकर्तालाई हकप्रद भर्न बाध्य पारेको हो ।

बैंकको हकप्रदमा भदौ २७ देखि असोज ३० गतेसम्म आवेदन गर्न सकिनेछ ।

०७३ माघ ६ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन । टुरीजम बैंकसँग मर्जर सम्झौता गरेपछि बैंकको गत माघ ९ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।

बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल,मेगा बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । हकप्रद पछि अपुग पूँजी बैंकले गतबर्षको बोनसबाट पुर्याउने देखिन्छ ।

बैंकले गत बर्ष ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो उसको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी ९ अर्ब बढी पुग्ने देखिन्छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको थियो ।

हकप्रद बिक्रीपछि मर्जरको प्रक्रिया अगाडि बढाउने योजनामा बैंक रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।