नेपाल हाइड्रो डेभलपर कम्पनीको आईपिओ तपाईलाई कति पर्यो ? रिजल्ट हेर्नुहोस !

Sep 15, 2017 merolagani

नेपाल हाइड्रो डेभलपर कम्पनी (NHDPL) को आईपिओ शुक्रबार बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कुल आवेदकमध्ये २१ प्रतिशत आवेदकले मात्र सेयर प्राप्त गरेका छन् । बाँकी ७९ प्रतिशत आवेदकले जिल खाएका छन् ।

निष्काशित धितोपत्रको तुलनामा आवेदक अत्याधिक हुँदा अधिकांश आवेदकको हात रित्तो बन्न पुगेको हो ।

मेरोलगानीको IPO>IPO Result खोलेर DEMAT NO भर्ने स्थानमा आफ्नो डिम्याट खाता  नम्बर राखेर नतिजा खोज्नु होस् । 

आइपिओमा आवेदन गरेका कुल स्वीकृत एक लाख ७१ हजार ५९२ जनाको आवेदकमध्ये ३६ हजार २७० जना आवेदकले मात्र गोला प्रथाबाट १० कित्ता सेयर प्राप्त गरेका हुन् । एक लाख ३५ हजार ३२२ जना आवेदकको हात खालि भएको छ । आइपिओमा आवेदन गरेका एक हजार ९०९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले गत साउन २७ गतेदेखि ३२ गते तीन लाख ६२ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।
२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि २६ करोड रुपैयाँ पूँजी पुगेको छ । दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।