सेयर लगानीकर्तालाई डाटा एनालिटिक्सबाट के फाइदा ? यसरी गर्नुहोस प्रयोग (भिडियो सहित)

Oct 21, 2017 Merolagani

मेरोलगानी डटकमले सेयर लगानीकर्ताका लागि समाचार तथा सूचना प्रवाह गर्ने क्रममा अर्को एउटा सफ्टवेयर पनि सञ्चालनमा ल्याएको छ ।सेयर बजारमा हल्लाका भरमा लगानी गर्नु पर्ने अवस्थामा आफैं निर्णय गर्न लगानीकर्तालाई सहज होस् भनेर डाटा एनालिटिक्स सफ्टवेयर सञ्चालनमा ल्याइएको छ । कसरी चलाउने त डाटा एनालिटिक्स ?

गत असोज ३० गते मेरोलगानीको १० औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मेरोलगानी डाटा एनालिटिक्सको विधिवत सुरुवात गरेका थिए ।


दैनिक सेयर बजारमा हुने कारोबार, कम्पनीहरुले निकाल्ने वित्तीय विबरणका साथै आवश्यक कुनै पनि किसिमको तथ्यांक एकै स्थानमा पाइने ठाउँ हो मेरोलगानी डाटा एनालिटिक्स । मेरो लगानीले विकास गरेको यो अनलाइन सफ्टवेरमा नेप्सेमा सूचिकृत सबै कम्पनीहरुको विगत पाँचबर्ष यताको सबै तथ्यांकहरु राखिएको छ । सफ्टवेयर प्रयोगकर्ताले आफुले चाहे बमोजिमको तथ्यांकहरु यो सफ्टवेयरबाट लिन सक्नेछन् ।

यो सफ्टवेयर अनलाइन भएका कारण तपाईले प्रयोग गर्ने कम्प्युटर वा कुनै उपकरणमा डाउनलोड गर्नु पर्दैन । सिधै मेरोलगानी डटकमको वेबसाइटमा लगइन गरेर यो सफ्टवेयर कुनै पनि बेला सजिलै प्रयोग गर्न सकिन्छ ।

डाटा एनालिटिक्समा के के सुविधा छन्, अनि कसरी त्यसबाट फाइदा लिन सकिन्छ ? यो भिडियो सामग्री हेर्नुहोस

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।