नेप्से सूचक हेरेर सेयर किनबेच गर्ने मुर्खता नगर्नुहोस्, नडराई दीर्घकालीन लगानी गर्नुहोस्

Nov 02, 2017 merolagani

तिलक कोइराला
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबारदेखि उपसूचक थप गरी लघुवित्तलाई बिकास बैंकबाट छुट्याएको छ । कतिपय लगानीकर्ताले यसैलाई ठूलो. उपलब्धिको रुपमा बखान गरी सेयर किनबेच गर्ने मुर्खता गर्दैछन् ।
कम्पनीको आधारभुत अबस्था नहेरी नेप्से सूचक र उपसूचककै भरमा सेयर कारोबार गर्नु ठूलो भूल हो ।

 नेप्सेको सूचक र उपसूचकमा फेरबदल हुँदा लगानीकर्तासँग रहेको सेयरको संख्यामा केही फरक पर्दैन । समग्र नेप्से सूचक र कम्पनीका समूह उपसूचकले सेयर बजारको मापन गर्न त सहयोग गर्छ तर त्यसले लगानीकर्तालाई कमाईदिने काम गर्दैन । नेप्से सूचक र उपसूचक घटबद भईरहँदा पनि कयौं लगानीकर्ताले धारण गरेको सेयर मूल्यमा परिवर्तन नभएको पनि हुनसक्छ ।

यसअघि नेप्से सूचक भित्र ९ वटा उपसूचक थिए भने अहिले बिकास बैंकबाट ३३ वटा लघुवित्तको सूचक हटाएर अलग्गै सूचक बनाईएको छ । लघुवित्तको उपसूचक १८३२ अंकमा रहेछ भन्ने खुलेको छ । यसले अरु समूहमा रहेका कम्पनीका उपसूचक र लघुवित्तको सूचकबीच तुलना गर्ने आधारमात्र दिएको छ, सेयर बजारलाई तल र माथि लैजाने कुरामा तात्विक भुमिका खेलेको छैन ।

त्यसैले सेयर बजार अर्थात नेप्सेको सूचक र उपसूचक हेरेर हैन, कम्पनीको आधारभुत अबस्था, त्यसले गरेको प्रगति, पूँजी आधार, जगेडा कोष, खुद नाफा, कारोबारमा बृद्धि, लाभांश दर,नेटवर्थ, निस्क्रिय कर्जा र जोखिमका पाटोहरु, सेयर मूल्य, मूल्य आम्दानी अनुपात, संस्थागत सुशासन, संचालकहरुको अबस्था र पृष्ठभुमि, अरु कम्पनीहरुसँगको तुलनात्मक अबस्था, जोखिम ब्यहोर्नसक्ने आफ्नो क्षमता लगायतका कुराहरु बिचार गरेर सेयर बजारमा लगानी गर्नु अति महत्वपूर्ण छ ।

केही मान्छेहरु दिनदिनै सोध्ने गर्छन अब नेप्से कहाँ पुग्ला ? नेप्से कहिलेदेखि बढ्छ ? अरु धेरै घट्ने हो कि ? बीमा र लघुवित्तको सूचक कहाँ पुग्ला ? बाणिज्य बैकले डुबाउने हो कि ? जलबिद्युतको सेयर मूल्य बढ्छ कि बढ्दैन ? फलानाले भनेर सेयर किनेको थाम्नै नसक्ने घाटा भयो, अब के गर्ने होला ?

सेयर बजारको प्रवृति नै हो कि यो तल माथि भईरहन्छ । यसमा माग र आपुर्तिले मुख्य भुमिका खेलेको हुन्छ । सेयर बजार यत्ति बेला यसकारण बढ्छ र यसकारण घट्छ, बढेर यहाँसम्म पुग्छ र घटेर त्यहाँसम्म झर्छ, कसैले भन्न सक्दैन । कसैले लगाएको अनुमान मिल्यो भने संयोग मात्रै हो । नेपालको जस्तो अस्थिर सेयर बजारलाई न त प्राविधिक बिश्लेषणले ठम्याउन सकिन्छ न त आधारभुत बिश्लेषणले नै यसै हो भन्न सकिन्छ ।

सस्तो मूल्यमा राम्रो कम्पनीको सेयर हात पारेर बसिएको छ भने सेयर बजार जति घटेपनि केही फरक पर्दैन किनभने बिकास र बिस्तार हुँदै गरेको नेपालको सेयर बजारमा दीर्घकालीन लगानी गर्नेले अवश्य लाभ पाउँछ । भबिष्यमा नेपालको सेयर बजार धेरै राम्रो हुने संभावना छ । अहिले घट्दै गएर धेरै तल बजार गएमा आफ्नो क्षमताले भ्याउने जत्ति राम्रा कम्पनीको सस्तो सेयर किनेर बस्नेहरुलाई दीर्घकालमा फाईदा नै हुन्छ । दीर्घकालीन लगानीकर्ता कोही आत्तिनु आबश्यक छैन ।

सेयर बजारमा सेयरको ब्यापार गर्न छिर्नुभएको थियो र अहिले थाम्नै नसक्ने घाटातर्फ जाँदै हुनुहुन्छ भने बेलैमा साईड लागेकै राम्रो । तपाइँको लागि सेयर ब्यापार हैन, अरु नै बस्तु ब्यापार ठीक छ । जोखिम बहन गर्न नसक्नेहरु सेयर बजारमा टिक्न सक्दैनन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

जसले सेयरको ब्यापार गर्न एउटै कम्पनीको सेयरमा भए भरको पैसा खन्याएका थिए, सेयर बजार घट्न थाल्दा उनीहरुमा बढी चिन्ता बढेको पाईन्छ । यो वास्तविकता हो कि लगानी विविधिकरण नगरी सेयरको ब्यापार गर्नेहरु जहिल्यै पनि जोखिममा हुन्छन् । यसमा सेयर बजारको राम्रो ज्ञान नभएका मात्रै हैन, सेयर बजारको मै हुँ ठूलो खेलाडी भन्नेहरु पनि नराम्ररी फसेको पाईन्छ । ठूला खेलाडीहरु प्राविधिक बिश्लेषणको सहाराले स्टप लस भन्दै घाटा खाएर सेयर बजारबाट बाहिर निस्कन्छन् । एउटा कम्पनीको सेयरमा कमाउँछन्, अर्कोमा फस्छन् तर सर्बसाधारण लगानीकर्ताका लागि यस्तो खेल आत्मघाती नै हुन्छ ।
जसले सेयर बजारबाट जम्माजम्मी १०० कित्ता किनेको हुँदैन, उसैले नेप्से सूचकको धेरै चिन्ता गरेको देखिन्छ । उनीहरु बेकारको चिन्ता गरिरहेका छन् ।

कम्तिमा १० वटा राम्रा त सस्तो सेयर मूल्य भएका कम्पनी छान्नु, मूल्य घटेर बजार तल्लो बिन्दुतर्फ आउँदै गर्दा बिस्तारै ती कम्पनीका सेयर किन्दै जानु, मूल्य बढ्न थाले पछि किन्न छाड्नु, कम्तिमा २०, ३० प्रतिशत मूल्य बढेपछि सेयर बेच्नु सुरक्षित हुने उपाय हुन् तर प्राथमिक सेयर अर्थात आईपीओमा हात पारेका वा निकै सस्तोमा किनिएका राम्रा कम्पनीका सेयर छन् भने जिन्दगीभर नबेचे पनि हुन्छ, त्यसले दिने लाभांशले नै कयौ धेरै फाईदा हुन्छ ।

सेयर बजारमा अर्काथरी लगानीकर्ताहरु छन् जो सेयरको मूल्य बढ्न थालेपछि सेयर किन्ने क्रम र बजारमा लगानी बढाउँछन, घट्न थालेपछि बेच्न दौडधुप गर्छन । बजार घट्दै गएर धेरै घाटा भयो भने रुवाबासी गर्छन । सेयर बजार धेरै बढ्यो भने उचालिएर सेयर किनी नेप्से अब यहाँ पुग्छ र त्यहाँ पुग्छ भनी हल्ला गर्छन र महंगोमा सेयर किनाएर सर्बसाधारणलाई जोखिममा पार्छन । नेपालको सेयर बजारमा यी दुबै प्रबृत्तिबाट जोगिएर आफ्नो बिश्लेषण र निर्णयबाट चल्नेहरु कहिल्यै पछुताउनु पर्दैन ।

(लेखक merolagani.com का पूर्व-सम्पादक हुनुहुन्छ )

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।