चुक्ता पूँजी
चुक्ता पूँजीका आधारमा मात्र हेर्दा जनता बैंकले एक वर्षको अवधिमा सबैभन्दा धेरै पूँजी बढाएको छ । ग्लोबल आईएमई बैंकले एक वर्षको अवधिमा सबैभन्दा थोरै पूँजी बढाएको छ । जनताले समीक्षा अवधिमा २३९.५० प्रतिशतले पूँजी बढाउँदा ग्लोबल आईएमईले १३ प्रतिशत मात्र पूँजी बढाएको देखिएको छ । केही बैंकहरुले गत आर्थिक वर्षको बोनसलाई पूँजीकरण गरेका छन् भने अधिकांसले गरेका छैनन् । थप बिवरण तालिकामा हेर्नुहोस् ।
जगेडा कोष
जगेडा कोषको आकार सबैभन्दा धेरै बढाउनेमा पनि जनता बैंक पहिलो स्थानमा परेको छ । बैंक अफ काठमाण्डूको जगेडा कोषको आकार भने घटेको छ । थप बिवरण तालिकामा हेर्नुहोस् ।
प्रतिसेयर नेटवर्थ
अधिकांस बैंकहरुको प्रतिसेयर नेटवर्थ घटेको छ । सनराइज, ग्लोबल र प्राइम बोहकका सबै बैंकको नेटवर्थमा गिरावट आएको छ । सिद्धार्थ बैंकको नेटवर्थ सबैभन्दा धेरै घटेको छ । थप बिवरण तालिकामा हेर्नुहोस् ।
खुद व्याज आम्दानी
७ वटा वाणिज्य बैंकको खुद व्याज आम्दानी घटेको देखिएको छ । कुन बैंकले कति व्याज आम्दानी गरे ? थप बिवरण तालिकामा हेर्नुहोस् ।
निष्कृय कर्जा अनुपात
निष्कृय कर्जा अनुपातका आधारमा हेर्दा चार वटा वाणिज्य बैंक १ प्रतिशतभन्दा तल छन् । त्यसै गरी २ वटा वाणिज्य बैंकको निष्कृय कर्जा अनुपात २ प्रतिशतभन्दा माथि छ । थप बिवरण तालिकामा हेर्नुहोस् ।
खुद नाफा
प्राइम कमर्शियल बैंकले सबैभन्दा धेरै खुद नाफा बढाएको छ । बैंकले ३६ प्रतिशतले खुद नाफा बढाउँदा सिद्धार्थ बैंकको खुद नाफा ४० प्रतिशतले घटेको छ । अरु बैंकले के गरे ? थप बिवरण तालिकामा हेर्नुहोस् ।
प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानीका आधारमा हेर्दा सबै वाणिज्य बैंकहरुको अवस्था दयनीय देखिएको छ । सबै वाणिज्य बैंकको प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ । यसमा एनएमबी बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा कम अनुपातमा घटेको छ । प्रतिसेयर अाम्दानीका अाधारमा नविल बैंककाे सबैभन्दा बढी रहेकाे छ । दाेस्राेमा रहेकाे एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी पनि गत आर्थिक वर्षको तुलनामा ५४ प्रतिशतले घटेको छ। सबैभन्दा थोरै प्रतिसेयर आम्दानी रहेको बैंक जनता बनेको छ । थप बिवरण तालिकामा हेर्नुहोस् ।
अब ११ बाणिज्य बैंकहरूले चालु अार्थिक बर्षकाे पहिलाे त्रैमासिक विवरण सार्वजनिक गर्न बाँकी रहेकाे छ ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................