चिलिमे जलविद्युत कम्पनी : लामो दौडको घोडा - (कम्पनी विश्लेषण)

Nov 09, 2017 Merolagani



सन् १९९५ मा स्थापन भएको चिलिमे जलविद्युत कम्पनीले २२.१ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । देशमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै जलविद्युत उत्पादन गर्ने उद्देश्यले चिलिमेको स्थापना भएको हो । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानीयको छ ।

 

काठमाडौदेखि १३३ किलोमिटर उत्तरी भागमा रहेको रसुवा जिल्लामा अवस्थित छ । यसले दीर्घकालीन पीपीए मोडलमा विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । कम्पनीले प्राधिकरणलाई वार्षिक १५० जीडब्ल्युएच उर्जा उत्पादन गर्दै आएको छ ।

चिलिमेले अन्य ३ वटा सहायक कम्पनीहरु स्थापना गरी विद्युत उत्पादन गर्ने तयारी गरिरहेको छ । सहायक कम्पनीहरु निम्नानुसार छन् :


- रसुवागढी हाइडेपाओर कम्पनी लिमिटेड
- मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड
- सान्जेन जलविद्युत कम्पनी लिमिटेड

माउ कम्पनी सहित ३ सहायक कम्पनीबाट भविष्यमा चिलिमेले २७०.३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो दिनमा चिलिमेको सेयर मूल्य स्थिरप्राय अवस्थामा छ । कम्पनीको सेयर मूल्य कता जाला त ? यो प्राविधिक विश्लेषण हेरौं ।

 

 

यहाँ देखाइएको रेखाचित्रले चिलिमेको वार्षिक मूल्यको गतिशीलतालाई देखाउँछ । जसले स्पष्ट रुपमा चिलिमेको सेयर मूल्य घट्दो प्रवृत्तिमा रहेको छ । १२०० रुपैयाबाट घट्दै गएको कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८०० रुपैंयामा झरेको छ । सेयर मूल्य घट्नुमा सेयर मूल्य समायोजन पनि मुख्य कारण हो । जसमा आर्थिक बर्ष २०७३⁄७४ का लागि गरिएको नगद लाभांस १० प्रतिशत, बोनस शेयर १५ प्रतिशत रहेको छ ।

वार्षिक रुपमा कम्पनीको सेयर मूल्यमा आएको परिवर्तनलाई यसरी पनि हेर्न सकिन्छ । जहाँ सेयरमूल्य उतारचढावका संकेत निम्नानुसार छन् ।

  1. Above Rs.1200/- = SELL
  2. Above Rs.1000/- = HOLD
  3. Above Rs.800/- = HOLD
  4. Below Rs.800/- = BUY

चिलिमेको अन्तिम कारोबार मूल्य ७५७ रुपैया रहेको छ । जुन ८०० रुपैयाभन्दा कम हो । सेयर खरिद गर्दा ठिकै हुने अवस्थालाई यो सेयर मूल्यले संकेत गर्छ । तर हामीले बजार प्रवृत्तिलाई बिर्सनु पनि हुदैन, जुन घट्दो क्रममा रहेको छ । लगानीकर्ताहरुका लागि चिलिमेको हालको मूल्य सुरक्षित रहेको छ, तर दीर्घकालका लागि । यदि बजारको गति सकरात्मक बाटोमा परिवर्तन भएको खण्डमा चिलिमेको सेयर मूल्य ८०० रुपैयाको स्तर पार गर्न सक्ने देखिन्छ ।

त्यसैगरी चिलिमेले भविष्यमा १२०० रुपैंयासम्मको स्तर पार गर्ने क्षमता पनि राख्छ । जसका लागि धेरै समय लाग्न सक्छ । अहिलेको परिदृश्यमा चिलिमेमा ठुला लगानीकर्ताले थोरै रकम लगानी गर्दा उपयुक्त हुने देखिन्छ भने साना लगानीकर्ताले यसको मूल्य बढ्ने गतिलाई पर्खनु पर्ने हुन्छ । यसको तात्पर्य यो हो कि छाटो समयका लागि चिलिमेको सेयर उचित नहुन सक्छ ।

चिलिमेको विभिन्न समयको औसत सेयसमूल्य

बार चित्रमा चिलिमेको सेयर मूल्य ७०० देखि ९०० रुपैंयाको बिचमा तल माथि भैरहेको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ७७३का आधारमा उल्लेखित चित्र तयार पारिएको छ । चित्रमा देखिएको ट्रेण्ड लाइन (पहेंलो धर्का) ले मंगलबारको सेयर मूल्य ट्रेण्ड लाईन भन्दा माथि रहेको देखाउँछ । बुधबार कम्पनीको सेयर अन्तिम पटक ७५७ मा कारोबार भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

मेरोलगानी डाटा एनालिटिक्स स्टक पपुलारिटी टूल ले चिलिमेको सेयर मूल्य कस्तो देखाउँछ ? (१ महिनाको तथ्यांकमा आधारित)

मेरोलगानी डेटा एनालिटिक्सले चिलिमेको औसत सेयर मूल्य ८३८ रुपैंया ७४ पैसा रहेको देखाउँछ ।  गत मंगलबारसम्मको तथ्यांकका आधारमा सबैभन्दा धेरै खरिद गर्ने ब्रोकरले ८२७ रुपैंया ८७ पैसाको औसत मूल्यमा ३५ हजार २० कित्ता सेयर खरिद गरेको छ ।  त्यसै गरी सबैभन्दा धेरै बिक्री गर्ने ब्रोकरले  १ महिनामा ८४३ रुपैंया ६९ पैसाको औसत मूल्यमा २४ हजार ८० कित्ता सेयर बिक्री गरेको देखिन्छ। 

त्यसैगरी शिर्ष १० ब्रोकरहरुले चिलिमेको १ लाख ९५ हजार कित्ता सेयर उठाएका छन् भने बेच्ने शिर्ष १० ब्रोकरले १ लाख ७३ हजार कित्ता सेयर बिक्री गरेका छन् । यो तथ्यांकलाई हेर्दा चिलिमेको सेयरमा बिक्रीभन्दा खरिद चाप धेरै देखिन्छ । यसको अर्थ बिक्रेता हावी हुनु हो । जसले चिलिमेको सेयर मूल्यमा सकरात्मक प्रभाव छोड्न सक्छ ।

चिलिमको यो लेखले लगानीकर्ताहरुको ज्ञानका लागि फरक मूल्य सीमा र तथ्यांक विश्लेषणलाई झल्काउने कोशिष गरेको छ । उल्लेखित तथ्यांकहरुलाई अध्ययन गर्न र बुझ्न नसक्ने लगानीकर्ताले यो सामग्रीलाई धेरैभन्दा धेरै बुझ्ने जमर्को गरेर मात्र निर्णय गर्नुहोला । यो सामग्री कात्तिक २१ ग्ते मंगलबारको अन्तिम सेयर मूल्यका आधारमा तयार पारिएको छ ।

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य  ..................




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।